राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।
कानुन व्यवसायी न्यौपानले अनुशासन आयोगमा करिब दुई वर्ष काम गरेका छन् । अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमण तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत हुँदा देवकोटाले कार्यवाहक प्रमुख भएर काम गरेका थिए ।
देवकोटा अमेरिकामा रहेको बेला तत्कालीन महामन्त्री मुकुल ढकाललाई अनुशासन आयोगबाट न्यौपानेले स्पष्टीकरण सोधेका थिए ।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, विधान अनुसार कुनै पदमा इच्छुक व्यक्तिले ६ महिनाअघि नै राजीनामा गरेर कुलिङ पिरियडमा बस्नुपर्ने प्रावधानलाई ध्यानमा राखेर न्यौपानेले राजीनामा दिएका हुन्।
पार्टी नेतृत्वसँगकै छलफलका आधारमा उनको राजीनामा समेत स्वीकृत भएको झाले बताए।