• आइतवार, आश्विन ४ गते २०८३

बिजुक्छे नै नेमकिपा अध्यक्ष !

बिजुक्छे नै नेमकिपा अध्यक्ष !

बिजुक्छे नै नेमकिपा अध्यक्ष !

  • 53.1K
    SHARES

  • बिजुक्छे नै नेमकिपा अध्यक्ष !

    मजदुर किसान पार्टी (नेमकिपा) को आठौं महाधिवेशन सकिएको छ। ८५ वर्षीय नारायणमान बिजुक्छेलाई फेरि अध्यक्ष चयन गर्दै महाधिवेशन सकिएको हो।

    नेमकिपा वि. सं. २०३१ माघ १० गते स्थापना भएको थियो। यो पार्टी स्थापना भएको ५० वर्ष पुगेको छ। पाँच दशकसम्म पनि नेतृत्वमा भने उनै बिजुक्छे चयन भइरहेका छन्।

    २०७४ को आम निर्वाचनमा बिजुक्छेले संसदीय राजनीतिबाट विश्राम लिएका थिए। त्यसैले अब उनले पार्टी नेतृत्व पनि छाड्नेछन् भन्ने कतिपयलाई लागेको थियो।

    तर फागुन १६ गतेदेखि सुरू भएर मंगलबार सकिएको आठौं महाधिवेशनबाट पुन: बिजुक्छे अध्यक्षमा चयन भएका हुन्।

    संसदीय राजनीति यात्रा छाडेर त्यागको नमूना प्रस्तुत गरे पनि पार्टीले आवश्यकता महसुस गरेर वा उत्तराधिकारी तयार नभएर फेरि अध्यक्ष बन्नु भएको हो भन्ने प्रश्नमा बिजुक्छेले पार्टीकै आवश्यकताले भन्ने दर्साए।

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology