चीनको वुहान प्रान्तबाट फैलिएको कारोना अर्थात COVID-19 NOVEL ले यति बेला बिश्व नै त्रासमा छ। सुरुमा निमोनियाको जस्तो लक्षण देखाउने यो भाईरसको हालसम्म औसधि पत्ता लागेको छैन। त्यसकारण पनि यो द्रुत गतिमा बिश्वमा फैलीरहेको छ। चीनबाट फैलिएको उक्त भाईरसले चीनमा मात्र तिन हजार भन्दा बढी मानिसको ज्यान लिईसकेको छ। निकै सतर्कताका साथ आफुलाई अब्बल साबित गर्दै चीनले अहिले केरोना नियन्त्रण गर्न सफल भएको बताएको छ तर बिश्वका शक्तिशाली राष्ट्रहरुमा अहिले कारोना महामारीको रुपमा देखा परेको पाइन्छ। अमेरिका, इटलि, स्पेन ,फ्रान्स,जर्मनी लगायतका शक्तिशाली राष्ट्रहरुमा स्थिति नियन्त्रण बाहिर गइ सकेको छ। दैनिक सयौको संख्यामा यी देशका नागरिकहरुले ज्यान गुमाउनु परेको छ भने हजारौको संख्यामा नया संक्रमित भएका छन्। अहिले बिश्वमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर ४२ हजार भन्दा बढीको मृत्यु भएको छ भने ८ लाख ५७ हजार भन्दा बढी संक्रमित भएका छन् । यो डाटा बढ्दो क्रममा रहेको छ।
नेपाल पनि यो भाइरसबाट अछुतो रहन सकेन र अहिले हामी कोरोनाको त्रासको कारण घर भित्र नै बस्न बाध्य छौ। अहिलेसम्म नेपालमा ५ जनामा कोरोना संक्रमण देखिएको छ भने १ जना निको भइ घर समेत फर्किसकेका छन्। तर यसको त्रास कम छैन झन बढ्दो क्रममा छ। बिश्वका शक्तिशाली राष्ट्रहरुले नियन्त्रणमा लिन नसकेको यो भाईरस भोलि हाम्रो देशमा फैलिसकेको अवस्थामा नियन्त्रणमा लिन निकै मुस्किल पर्ने देखिन्छ यसमा समन्धित सबैको ध्यान जानु जरुरि छ।
लक डाउन र घर भित्रको बास
फ्रान्सबाट नेपालमा फर्किएकी एक युवतीमा कोरोना संक्रमण पाएपछि सरकारले लक डाउनको घोषणा गर्यो र आज नौ दिन सम्म हाम्रो घर भित्रको बस्न बाध्य छौ । सरकारले लक डाउनको घोषणा गर्नु भन्दा २/३ दिन अगाडी देखि नै काठमाडौँबाट आफ्नो गाउँ घर फर्कनेको चाप बढेको थियो। घोषण भएको रात ठुलो संख्यामा उपत्यका छोडेको पाइन्छ।अहिले सम्म छिट-पुटका घटना बाहेक लक डाउन सफल भएको हामी पाउछौ। तर लक डाउनका कारण बाहिर ननिस्कदैमा समस्याको समाधान होला र ? अबस्य पनि सबै लक डाउन नभए पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले एक / दुई व्यक्ति भन्दा अरुको सम्पर्कमा नजाने हो भने भाइरस सर्ने सम्भावना भने कम हुन्छ। तर सधै घर भित्र थुनिएर बसेर मात्र यो रोगबाट बच्न सकिने भन्ने चाई होइन। घरमा बस्दा पनि सरसफाई लगायतका कुरामा ध्यान दिनु आवास्यक छ।
चीन र अमेरिकाबाट पाठ सिकौ
यो महामारीको अवस्थामा दुई ठुला शक्तिसाली देश चीन र अमेरिकाबाट हामीले ठुलो पाठ सिक्नु पर्ने देखिन्छ। चीनबाट फैलिएको कारोना भाईरस अहिले चिनले नियन्त्रण गर्न सफल भएको समाचार आइरहदा हामीले सोच्नु पर्ने हुन्छ कसरी लडे होलान् चिनियाहरु यो भाइरससँग? हामीले सोच्नु पर्ने हुन्छ त्यहाँको नेतृत्व कसरी सफल भयो ? नेतृत्व जब आफ्ना जनता प्रति उत्तरदायी हुन्छ ,जब जनताको साथमा हुन्छ र हरेक कुरालाई सिरियस रुपमा लिएर समस्या समाधानमा लाग्छ उ सधै सफल हुन्छ र जस्तो सुकै परिस्थितिको सामना गर्न सक्छ त्यसकारण आज चिन र चिनिया जनता कोरोना भाइरस सँग लड्न सफल भएका छन्। यो पाठ हामी र हाम्रो नेतृत्वले सिक्नु पर्दछ। त्यस्तै आफुलाई शक्तासाली राष्ट्र बताउने अमेरिकाको नेतृत्वको अक्षमताका कारण अहिले लाखौको संख्यामा अमेरिकाका नागरिकामा कोरोना संक्रमण भएको छ भए हजारौको संख्यामा मृत्यु हुन पुगेको छ। त्यसको प्रमुख कारण अमेरिकाले कोरोनालाई कम आक्नु र बिश्व सामु नेतृत्वले देखाएको मुर्खता। अमेरिकाले बेलैमा साबधानीका उपायहरु सोचेर कोरोनासँग लडेको भए अहिलेको भयाभह अवस्था भोग्नु पर्ने थिएन। हामीले यो पाठ पनि सिक्नु जरुरि छ।
जनताको स्वस्थ्या चेक जाचमा ध्यान दिउ
अहिले कोरोनको आसंकामा ११ सय हाराहारीको मात्र स्वस्थ्या चेक जाच भएको पाइन्छ। तर यो शंका लागेका र अस्पताल आएका बिशेष गरेरे विदेशबाट नेपाल फर्केकाहरु केहीको चेक- जाच हो। हामी अस्पताल पुग्न नसक्नु सम्बन्धित निकायले चासोका साथ जनताको चेक- जाच नगर्न नसक्नुले समस्या निम्ताउन सक्छ। हामी सँग अधिकार प्राप्त स्थानीय सरकार छ। स्थानीय निकायमा स्वस्थ्याका कर्मचारीहरु छन् तर प्रभावकारी तरिकाका काम हुन भने सकिरहेको छैन। हरेक वडामा स्यामपलिक रुपमा भए पनि चेक-जाच गरेर जनताको स्वस्थ्या अवस्था बुझ्नु र आवाश्यक पहल गर्नु पर्ने देखिन्छ। यसमा सम्बन्धित सबैको ध्यान जानु जरुरि छ।