• सोमवार, श्रावण ११ गते २०८३

आफन्त नेपालद्धारा विविध सचेतनामूलक कार्यक्रम गरी ११५ औ अन्तराष्ट्रिय महिला दिवस सम्पन्न

आफन्त नेपालद्धारा विविध सचेतनामूलक कार्यक्रम गरी ११५ औ अन्तराष्ट्रिय महिला दिवस सम्पन्न

आफन्त नेपालद्धारा विविध सचेतनामूलक कार्यक्रम गरी ११५ औ अन्तराष्ट्रिय महिला दिवस सम्पन्न

  • 62.7K
    SHARES

  • आफन्त नेपालद्धारा विविध सचेतनामूलक कार्यक्रम गरी ११५ औ अन्तराष्ट्रिय महिला दिवस सम्पन्न

    WhatsApp Image 2025-03-09 at 14.17.29_8d0ec3df.jpgFor All Women And Girls: Right, Equality and Empowerment  सबै महिला तथा बालिकाको लागि अधिकार समानता र सशक्तिकरण भन्ने राष्ट्रिय नाराका साथ ११५ आंै अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमहरु सहित सम्पन्न गरेको छ ।

    आफन्त नेपाल, केन्द्रीय कार्यालय, ललितपूरद्धारा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्धारा नेपाल प्रहरी हेडक्वाटरमा आयोजित मुल समारोह समितिको कार्यक्रमा सहभागिता र एक्यबद्धता जनाउदै सम्पन्न गरेको छ ।

    आफन्त नेपाल शाखा कार्यालय, काकड्भिट्टा–झापाद्धारा विद्यालय तहमा अभिमुखीकरण कार्यक्रम र संघसंस्थाहरुसंगको समन्वय र सहकार्यमा प्रजनन स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

    आफन्त नेपाल शाखा कार्यालय, विराटनगर–मोरङ्गद्धारा समुदायमा रहेका किशोरी तथा अभिभावकहरुलाई उमेरपूर्व गरीने विवाह र त्यसले पर्न जाने असरका साथै कानूनी प्राबधानबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    आफन्त नेपाल शाखा कार्यालय, धनुषा–जनकपुरद्धारा.सचेतनामूलक ¥याली, विरगंज–पर्साद्धारा आधारभुत र माध्यमिक तहका  अध्ययनरत छात्र तथा छात्राहरु र अभिभावकहरुलाई उमेरपूर्व गरीने विवाह र त्यसले पर्न जाने असरका साथै कानूनी प्रावधानबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    आफन्त नेपाल शाखा कार्यालय, भरतपूर–चितवनद्धारा बाल विकास सम्वन्धमा शिक्षकको भूमिका सम्वन्धी अभिमुखकरण कार्यक्रम साथै माडीमा आफन्त नेपालद्धारा समुदायस्तरमा महिला समूह लक्षित गरी मानव बेचबिखन र लैङ्गिक हिंसा बिरुद्ध कानूनी साक्षरता सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

    आफन्त नेपाल शाखा कार्यालय, परासी–महेशपुरद्धारा “महिला सशक्तिकरणमा प्रविधिको भुमिका” भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

    आफन्त नेपाल शाखा कार्यालय, रुपन्देही–भैरहवाद्धारा मानव बेचबिखन र लैङ्गिक हिंसा बिरुद्ध कानूनी साक्षरता सम्वन्धी विद्यालय तह र आफन्त नेपाल र जागरण कृषि सहकारी संस्थाको समन्वयमा सहकारीका सेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ ।

    आफन्त नेपाल शाखा कार्यालय, कपिलवस्तु–कृष्णनगरद्धारा ससस्त्र प्रहरी वल तथा रिक्साचालकहरुसंग मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्य गर्नका लागि नागरिकको भूमिका सम्वन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न  गरेको छ ।

    आफन्त नेपाल शाखा कार्यालय, बाँके–नेपालगंजद्धारा समुदायमा गठित महिला समुहका व्यक्तिहरुलाई, कानुनी परामर्श साथै महिला सशक्तिकरण सम्वन्धमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    आफन्त नेपाल शाखा कार्यालय, महेन्द्रनगर–कंचनपूरद्धारा नारी शिर्षकमा कक्षा ११ र १२ का विद्यार्थीहरु विच कविता वाचन कार्यक्रमको आयोजना गरिएको थियो ।

    “महिला सशक्तिकरणमा सूचना र प्रविधिको भुमिका” भन्ने विषयमा वक्तृत्वकला प्रतियोगितामा कक्षा ८–९ र १० का विधार्थीको सहभागिता रहेको थियो भने प्रथम, द्धितिय र तुतिय हुने विधार्थीहरुलाई उचित पुरस्कारको समेत व्यवस्था गरीएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रधानाध्यापक श्री सुनिल कुमार तिवारीले विद्याालय स्तरमा गरिएका यस्ता कार्यक्रमहरुले  विद्यार्थीहरुमा आत्मविश्वास बढ्नुका साथै विषयवस्तुबाट प्राप्त ज्ञानले सकारात्मक सन्देश प्रभाह गर्ने बताउनुभएको छ ।

    आफन्त नेपाल केन्द्रीय कार्यालय सहित  ११ वटा शाखा कार्यालयद्धारा गरिएका सचेतनामूलक कार्यक्रममा स्थानिय निकाय, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रनिनीधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका विद्यार्थी, समुदायमा गठित महिला तथा किशोरी समुहका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो  भने  १००० जना भन्दा बढि व्यक्तिहरु सचेत भएका थिए ।WhatsApp Image 2025-03-09 at 14.17.29_8d0ec3df.jpg

    सामाजिकपत्र

    • सोमवार, फाल्गुण २६ २०८१११:३९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology