• आइतवार, आश्विन ४ गते २०८३

सिनेमा छायांकनका लागि पालुङटार उपयुक्त गन्तव्य : प्रधानमन्त्री

सिनेमा छायांकनका लागि पालुङटार उपयुक्त गन्तव्य : प्रधानमन्त्री

सिनेमा छायांकनका लागि पालुङटार उपयुक्त गन्तव्य : प्रधानमन्त्री

  • 87.2K
    SHARES

  • सिनेमा छायांकनका लागि पालुङटार उपयुक्त गन्तव्य : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखाको पालुङटार सिनेमा छायांकनका लागि पालुङटार उपयुक्त गन्तव्य  हुने बताएका छन्।

    मंगलबार काठमाडौंमा आयोजित चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोषण समारोहमा बोल्दै उनले यस्ताे बताएका हुन्।

    प्रधानमन्त्री ओलीले पालुङटारको भौगोलिक र प्राकृतिक विशेषताको प्रशंसा गर्दै मर्स्याङ्दी नदी, हिमशृंखलाहरू र रमणीय दृश्यहरूले सिनेमा छायांकनका लागि आदर्श वातावरण प्रदान गर्ने उल्लेख गरे।

    उनले पालुङटार नजिकैको बन्दिपुर, डुम्रे, भानुभक्त र लेखनाथको जन्मस्थल तथा फेवाताल, बेगनास ताल, सराङकोट र पञ्चासेजस्ता पर्यटकीय गन्तव्यहरूको उपयोगले सिनेमा उद्योगलाई अन्तरराष्ट्रिय स्तरमा पुर्‍याउन सकिने बताए।

    “यी ठाउँमा गीत, दृश्य र कथावस्तुले सिनेमालाई जीवन्त बनाउँछ। विश्वभरका फिल्ममेकरहरू नेपाल आउनेछन्,” उनले थपे।

    “त्यहाँ एउटा सानो हाम फाल्ने पुल बनाऊँ। हिरोइन रिसाएर कुद्दै गएर मर्स्याङ्दीमा हाम फाल्छिन्। बहादुर हिरो उडेर गएर जम्प गर्दा पनि त्यहाँ खतरा हुँदैन। त्यसकारण बहुत खतरनाक ठाउँमा उसले हाम फाल्छ र हिरोइनलाई बचाउँछ।

    पालुङटारमा सिने सिटी बनायौँ भने माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश हिमालदेखि लाङटाङसम्मका हिमशृंखलाहरू पृष्ठभूमिमा देखिन्छन्। मर्स्याङ्दी नदीमा हिरो–हिरोइनको दृश्य खिच्दा दर्शक दंग पर्छन्,” उनले भने।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology