नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्रसारणलाइनमा रुखको हाँगा खस्दा हिजो समस्या आएको बताएका छन् ।
शुक्रबार पत्रकारहरुसँग उनले बिहीबार भएको अवरुद्धलाई उदाहरणका रुपमा लिँदै विद्युत् उत्पादनसँगै प्रसारण नेटवर्क पनि त्यही गतिमा अघि बढाउनुपर्ने अन्यथा यस्ता समस्या आइरहने बताए।
‘हिजो ६ बजेर ३८ मिनेटमा ढल्केबर–वसन्तपुरको लाइनमा रुखको हाँगा परेर र ढल्केबर–नवलपुर लाइनमा रुखको ठूलै हाँगा खसेर दुईवटा लाइनमा सँगसँगै घटना भएर सिस्टम अवरुद्ध भएको हो।
त्यो समयमा त्यो क्षेत्रवरिपरि चक्रवातजस्तो स्थानीय रुपमा धेरै शक्तिशाली हावाहुरी चलेको थियो। धेरै ठाउँमा एकैपटक समस्या भयो’, उनले भने, ‘त्यो मात्र होइन, ढल्केबरबाट पश्चिमतर्फ जाने र वीरगन्जदेखि पश्चिम जाने लाइनमा पनि समस्या आयो।’
यसलाई त्यति ठूलो समस्याका रुपमा चिन्ता लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। पहिलेभन्दा अझ चुस्त विद्युत् प्रवाहको लागि प्राधिकरण अग्रसर भएको उनको दाबी छ।
‘कुनै चिन्ता लिनुपर्दैन। हिजोभन्दा अझ बेटर नै गर्छौँ’, उनले भने।
र याे पनि