• सोमवार, श्रावण ११ गते २०८३

विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा

विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा

विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा

  • 80.3K
    SHARES

  • विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् ।

    शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ब्रिटिश गोरखा सैनिकबारे समितिमा छलफल जारी रहेकाले संसदबाट निष्कर्ष निस्किने जिकिर उनले गरे ।

    ‘जहाँसम्म गोरखा ब्रिटिश सैनिकलाई बेलायती सैनिक सरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ । त्यसमा म स्पष्ट छु । ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरूले छलफल गरिरहेका छन् । छिट्टै निष्कर्ष निस्किनेछ । यसमा के छ भने एनआरएन भन्ने पनि छ । नेपाल छोड्नुपर्ने विभिन्न बाध्यता छन्, त्यसैले ब्रिटिश गोरखा सरह नै नागरिकता पाउनुपर्छ भन्ने छ,’ देउवाले भने ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology