• आइतवार, आश्विन ४ गते २०८३

भिजिट भिसा प्रकरणमा सङ्लग्न कोही पनि उम्कनु हुँदैन : गैरे

भिजिट भिसा प्रकरणमा सङ्लग्न कोही पनि उम्कनु हुँदैन : गैरे

भिजिट भिसा प्रकरणमा सङ्लग्न कोही पनि उम्कनु हुँदैन : गैरे

  • 83.7K
    SHARES

  • भिजिट भिसा प्रकरणमा सङ्लग्न कोही पनि उम्कनु हुँदैन :  गैरे

     प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले भिजिट भिसा प्रकरणमा सङ्लग्न सबैलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा समय मागरे बेल्दै उनले भने, “भिजिट भिसा प्रकरणले सिङ्गो नेपाल र नेपाली जनताको गम्भीर ध्यानाकर्षण भएको छ, भिजिट भिसा प्रकरणमा जुन रूपमा नेपाली ठगिएका र सास्ती पाएका, त्यसबाट धेरै सम्पत्ति गुमाएका, यसबाट कोही पनि दोषी उम्कनु हुँदैन, कुनै पनि निर्दोष व्यक्ति उम्कन पाउनु हुँदैन ।”

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरण छानविन प्रक्रियालाई कुनै अवरोध गर्न नहुने उल्लेख गर्दै सांसद गैरेले भिजिट भिसा प्रकरणजस्ता काण्डलाई आगामी दिनमा दोहोरिन नदिन कानुनगत सुधार गर्नुपर्नेमा जोड दिए ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology