नागरिक समाजद्वारा अधिवक्ता निराज खड्का सम्मानित भएका छन् । पाल्पा रिब्दिकोट–८मा जन्मिएका अधिवक्ता निरज खड्का विगत १० वर्षदेखि विधि शासन, न्याय पहुँच विस्तार र कानुनी सचेतनाका क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका समर्पित कानुनविद् हुन्।
समाजमा बढ्दै गइरहेको लागुऔषध दुरुपयोगका चुनौतीलाई सम्बोधन गर्न उनले हालै ‘नार्कोलोजी" नामक लागुऔषध विरुद्धको पुस्तक’ प्रकाशित गर्दै युवाहरू, अभिभावक तथा समुदायलाई प्रभावकारी संदेश दिएका छन्। समाज रुपान्तरणतर्फ केन्द्रित कानुनी सेवा, तथ्याधारित जागरण र पुस्तकमार्फत भएको सकारात्मक प्रभावका कारण अधिवक्ता खड्का समुदायमा एक जिम्मेवार, संवेदनशील र परिवर्तनमुखी व्यक्तित्वका रूपमा प्रशंसित हुँदै आएका छन्। यिनै योगदानहरूको उच्च कदर गर्दै नागरिक समाजले अधिवक्ता खड्कालाई विशेष सम्मान प्रदान गरेको हो।
उक्त सम्मान कार्यक्रम प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राणाको प्रमुख आतिथ्यमा सम्पन्न भयो, जहाँ खड्काको समर्पण र सेवाभावको प्रशंसा गरियो। अधिवक्ता खड्का कानुन, न्याय र सामाजिक उत्तरदायित्वलाई जीवन–मूल्यका रूपमा अंगाल्दै आएका अभियन्ता हुन्। आगामी दिनमा पनि उनले विधि शासन सुदृढीकरण र समाजमा सकारात्मक परिवर्तनको मिशनलाई अझ सशक्त रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।