• सोमवार, श्रावण ११ गते २०८३

चुनावका लागि सहयोग गर्न एमाललेलाई प्रधानमन्त्रीको आग्रह

चुनावका लागि सहयोग गर्न एमाललेलाई प्रधानमन्त्रीको आग्रह

चुनावका लागि सहयोग गर्न एमाललेलाई प्रधानमन्त्रीको आग्रह

  • 48.9K
    SHARES

  • चुनावका लागि सहयोग गर्न एमाललेलाई प्रधानमन्त्रीको  आग्रह

    प्रधानमन्त्री सुशीला कार्की र एमाले नेताहरु बीचको बैठक सम्पन्न  भएको छ । 

    आज बिहीबार बालुवाटारमा भएको छलफल प्रधानमन्त्री सुशीला कार्कीले संस्थागत रूपमै चुनावका काममा सहयोग गर्न एमाललेलाई आग्रह गरेकी छन् ।

    उनले एमालेले देखाएका सुरक्षा लगायतका चासोहरुलाई सम्बोधन गर्न सरकार लागिरहेको समेत  उल्लेख गरिन् ।

    बैठकमा सहभागी एमाले नेता महेश बर्तौलाका अनुसार सरकारको गठनको विषय नै संवैधानिक परीक्षणको क्रममा रहेकाले यसको छिनोफानो भएपछि मात्र अन्य कुरा अघि बढ्न सक्ने धारणा एमाले नेताहरूले राखेका थिए ।

    ‘हामी सहित सर्वोच्च अदालतमा गएका छौं । सरकार निर्माणको विषय नै संवैधानिक परीक्षणमा छ’ बर्तौलाले भने,’ फागुन २१ गते निर्वाचन गराउने विषयमा हामी विश्वस्त छैनौं ।’

    निष्पक्षता र निर्भयतासाथ चुनाव हुने विश्वस्त वातावरण नभएको एमाले नेताहरूले बताएका थिए ।

    ‘शान्ति सुरक्षा र भयरहित वातावरण हुनुपर्छ । मतदताले पनि विवेकको मत मतदानकेन्द्रमा आएर व्यक्त गर्ने सहज परिस्थिति छैन’ उनले भने ।

    ‘लोकतन्त्रका लागि लागेको पार्टी एमाले सबैभन्दा बढी जनतामा जान रुचाउने पार्टी हो । त्यसका लागि वातावरण खोजिरहेको छ’ बर्तौलाले भने ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology