• सोमवार, श्रावण ११ गते २०८३

प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौं -

प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौं -

प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौं -

  • 53.4K
    SHARES

  • प्रविधिको सही प्रयोग गरौं :  लैङ्गिक हिंसा अन्त्य गरौं -

    मानव बेचबिखन तथा ओसारपसार, श्रम शोषण, यौन शोषणको लागि भर्ना र लैङ्गिक हिंसाको लागि सामाजिक सञ्जाल प्रयोगको साथै व्यक्तिगत जानकारी हासिल गर्न, विश्वास निर्माण गर्न र फसाउँन प्रविधिको दुरुपयोग हुन सक्छ । बालबालिकाहरु झनै प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगको जोखिममा हुने भएकोले अझ बढी संवेदनशील हुनु जरुरी रहेको छ ।  

    प्रविधिको दुरुप्रयोग गरी विज्ञापनमार्फत ग्राहकको पहुँचलाई सजिलो बनाउँन सक्दछन् । त्यसैगरी सहमतिमा लिएको भिडियो, फोटा जस्ता सामग्री सार्वजनिक गरिदिने, धम्की दिने तथा सम्बन्धित व्यक्तिलाई नियन्त्रण गर्न प्रयोग गर्दछन जसले गर्दा व्यक्तिको जीवनमा गम्भीर असर गर्दछ । प्रविधिको दुरुप्रयोगले व्यक्तिमा जोखिमता बढ्दछ भने रोजगारीको अवसर र भविष्य माथि ठूलो असर पार्दछ । यस्ता गतिविधिहरु रोक्नका लागि कानून कार्यान्वयन निकायहरुको क्षमता अभिवृद्धि गर्नुका साथै प्रयोगकर्ताहरुले पनि के कुरा सामाजिक सञ्जालमा शेयर गर्न हुने र के गर्न नहुने भन्ने बारेमा सुसुचित हुन जरुरी देखिन्छ । 


    प्रविधिको प्रयोगमा गोपनीयता, पारदर्शीता, सहमति, र सुरक्षित व्यवस्थापन हरेक व्यक्तिमा अत्यन्त आवश्यकताको विषय रहेको छ । राज्यले आफ्नो नागरिकहरुको लागि प्रविधिको नियम र कानूनबारे सुसुचित गर्न जरुरी रहेका छ । प्रविधिको दुरुपयोग गर्नेहरुलाई कानुनी दायरामा ल्याउन जरुरी रहेका छ भने प्रविधिको प्रयोगकर्ताहरुको क्षमतावृद्धि आवश्यक देखिन्छ । । प्रभावित मैत्री वातावरण सृजना गर्नुपर्ने देखिन्छ भने बढि दुरुपयोग हुने सामाग्रीहरुमाथि नियमन हुन जरुरी रहेको छ । प्रविधिको लाभ लिन सबैका लागि उचित वातावरण सृजना गर्नु आजको आवश्यकता रहेको छ ।


    -लेखक आफन्त नेपालमा आबद्ध हुनुहुन्छ)

    रबिन्द्र सापकोटा

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology