• आइतवार, आश्विन ४ गते २०८३

टिकट वितरणमा ‘आर्थिक चलखेल’ भएको तथ्य देखाउँदै रास्वपा नवलपरासी सभापति महेन्द्र सेन ठकुरी कांग्रेस प्रवेश

टिकट वितरणमा ‘आर्थिक चलखेल’ भएको तथ्य देखाउँदै रास्वपा नवलपरासी सभापति महेन्द्र सेन ठकुरी कांग्रेस प्रवेश

टिकट वितरणमा ‘आर्थिक चलखेल’ भएको तथ्य देखाउँदै रास्वपा नवलपरासी सभापति महेन्द्र सेन ठकुरी कांग्रेस प्रवेश

  • 33.9K
    SHARES

  • टिकट वितरणमा ‘आर्थिक चलखेल’ भएको तथ्य देखाउँदै रास्वपा नवलपरासी सभापति महेन्द्र सेन ठकुरी कांग्रेस प्रवेश

    नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवलपरासी जिल्ला सभापति महेन्द्र सेन ठकुरीले टिकट वितरण प्रक्रियामा अपारदर्शिता र आर्थिक चलखेल भएको तथ्य भन्दै पार्टी परित्याग गरेका छन्। उनी बिहीबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

    नेपाली कांग्रेस नवलपरासीले क्षेत्र नम्बर १ मा आयोजना गरेको चुनावी सभामा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार विनोदकुमार चौधरीले ठकुरीलाई पार्टी प्रवेश गराएका थिए।

     

    चुनावी सभामा बोल्दै ठकुरीले अन्तिम समयमा अन्य दलबाट आएका व्यक्तिलाई टिकट दिएर आफूहरूले मेहनतपूर्वक निर्माण गरेको संगठनलाई भताभुङ्ग पारिएको आरोप लगाए। उनले पार्टीले सिफारिस गरेका नेतालाई टिकट नदिई आर्थिक चलखेलका आधारमा कांग्रेसबाट आएकालाई उम्मेदवार बनाएको दाबी गरे।

    दुई वटा निर्वाचन क्षेत्रमा पार्टीले सिफारिस गरेका नेतालाई टिकट नदिई आर्थिक चलखेलमा कांग्रेसबाट आएकालाई टिकट दिइयो । यसले कार्यकर्ताको मानमर्दन भयो,’ ठकुरीले भने, ‘आफूलाई टिकट दिने भन्दै अन्तिम समयसम्म, राति ११ बजेसम्म कुराएर अपारदर्शी ढंगले अरूलाई टिकट दिइयो । त्यसपछि पार्टी छाड्ने निर्णय गर्नुपर्‍यो।’

    रास्वपाका संस्थापक जिल्ला सभापति रहेका ठकुरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले १२ हजार ४९९ मत प्राप्त गरेका थिए। त्यस चुनावमा नेपाली कांग्रेसका विनोद चौधरी र तत्कालीन जनता प्रगतिशील पार्टीका हृदयश त्रिपाठीसँग प्रतिस्पर्धा गरेका थिए।

    रास्वपाले यसपटक जिल्लाका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसबाट आएका व्यक्तिलाई उम्मेदवार बनाएको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि बढिरहेको स्रोतको दाबी छ। उनले रास्वपाले वडा, पालीकामा समेत टिकट कस्लाई दिने भनेर अग्रीम पैसा लिएर बुक गरिरहेको कुरा समेत सर्वजनीक गरेका छन् ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology