• सोमवार, श्रावण ११ गते २०८३

महिला मन्त्रालयको सहयोगमा पुरुषको कपाल काट्ने तालीम सम्पन्न

महिला मन्त्रालयको सहयोगमा पुरुषको कपाल काट्ने तालीम सम्पन्न

महिला मन्त्रालयको सहयोगमा पुरुषको कपाल काट्ने तालीम सम्पन्न

  • 8.7K
    SHARES

  • महिला मन्त्रालयको सहयोगमा  पुरुषको कपाल काट्ने  तालीम सम्पन्न

    मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र  लैङ्गिक हिंसा अन्त्य गर्न महिला बालबालिका , लैङ्गिक, तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र आफन्त नेपालको सहकार्यमा मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि चितवनमा १० किशोरी तथा महिलाहरुको लागि ३ महिने रोजगारमूलक सीप विकास तालिम (कपाल काट्ने तालिम) ७ आषाढ २०८३ मा सम्पन्न भएको छ ।
    कार्यक्रममा मन्त्रालय, शाखा अधिकृत, श्री पुष्पा देवि राई एवं तुलसा लम्साल, भरतपुर महानगरपालिका, वडा नं ५ का वडा अध्यक्ष श्री यूद्ध प्रसाद श्रेष्ठ, भरतपुर महानगरपालिका, गैर सरकारी संस्था समन्वय तथा सामुदायिक तह परिचालन शाखा प्रमुख श्री पञ्चमाया तामाङ्ग, चेली नेपालबाट निर्देशक श्री केमिका घिमिरे, महिला उद्यमशीलता समाजबाट, संयोजक श्री यमिता पाण्डे, आफन्त नेपालको प्रतिनिधि एव तालीममा सहभागी किशोरी तथा महिलाहरुको सहभागिता रहेको थियो ।  

    मन्त्रालय प्रतिनिधि एवं शाखा अधिकृत, श्री पुष्पा देवि राईले सामाजिक संघ संस्थाहरुसंगको सहयोग र सहकार्य मार्फत किशोरी तथा महिलाहरुलाई सीप प्रदान, क्षमता विकास, सेवा र रोजगारीको अवसर सिर्जना, आय आर्जनमा पहुंच बृद्धि गरी मानव बेचबिखन तथा ओसापसार जस्तो ंसंगठित र जघन्य अपराधको बिरुद्ध बार्बर वा कपाल काट्ने तालिम महत्वपूर्ण हुने कुरा बताउनु भयो । मन्त्रालयले यस किसिमको कार्यक्रमलाई आफ्नो नितिगत तहमा समेत स्पस्ट रुपमा उल्लेख गरेको र आगामी दिनमा सीप, क्षमता र व्यवसायमा आधारित कार्यक्रमलाई प्राथमिकतामा राखेको समेत बताउनु भयो ।   

    चेली नेपाल, निर्देशक, श्री केमिका घिमिरेले तालीम प्राप्त किशोरी तथा महिलाहरुलाई थप तालिमको लागि अवसर प्रदान गरी सि.टि.इ.भि.टि.बाट लिइने सीप जाँच परीक्षामा सहजीकरण गर्नुको साथै व्यवसायिक सहयोग र रोजगारीको अवसर प्रदान गरी दिगो पुनस्र्थापनाको लागि आफन्त नेपालबाट प्रेषण लिने प्रतिबद्धता जनाउनु भयो साथै महिलाहरुद्धारा संचालित सामाजिक व्यवशायलाई प्रबद्र्धन गर्नका लागि राज्यले ठोस निति ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको संञ्चालन आफन्त नेपालको घट्ना व्यवस्थापक, शान्ता बिश्वकर्माले गर्नुभएको थियो । 

    भरतपुर महानगरपालिका, वडा नं ५ का वडा अध्यक्ष श्री यूद्ध प्रसाद श्रेष्ठले समाजलाइ सकारात्मक परिवर्तनको लागि भुमिका खेल्ने कुनै पनि सीप, तालिम र व्यवसाय प्रबर्धन गर्नु स्थानीय तहको पहिलो प्राथमिक रहेको जानाकारी गराउदै मन्त्रालय र आफन्त नेपालको सहकार्यमा संञ्चालित बार्वर तालिम नमुना हुनुको साथै गैर सरकारी सघं सस्थाहरुलाई संख्यामा भन्दा पनि गुणस्तरमा जोड दिन आग्रह गर्नुभएको छ । उहांले व्यवसाय संञ्चालमा महानगरको तर्फबाट आवश्यक सहयोगको लागि सहजीकरण गर्न तयार समेत रहेको बताउनु भयो ।    

    भरतपुर महानगरपालिका, गैर सरकारी संस्था समन्वय तथा सामुदायिक तह परिचालन शाखा प्रमुख, श्री पञ्चमाया तामाङ्गले सामाजिक सस्थाहरुको दायित्व र आवश्यक्ता माथि जानाकारी गराउदै लक्ष्य अनुसारको उपलब्धि हासिल सहकार्य र समन्वयमा मात्र हुने हुनाले मन्त्रालय र आफन्त नेपालको सहकार्यमा सम्पन्न बार्बर तालिमले कम्तीमा १० परिवारबाट १० व्यक्ति दक्ष भइ आय आर्जन र रोजगारको लागि जनशक्ति तयार हुनु राज्यको लागि गौरवको विषय रहेको बताउनु भयो । रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनको लागि महानगरपालिका, गैर सरकारी संस्था समन्वय तथा सामुदायिक तह परिचालन शाखाले कुनैपनि भुमिकामा कमि हुन नदिने जानाकारी गराउनुभयो ।
     
    आफन्त नेपालको सुरक्षित आवास गृह, व्यवस्थापक श्री रितु न्यौपानेले किशोरी तथा महिलाहरुको चाहना अनुसारको सीप तथा व्यवशायमा सहयोग मानव बेचबिखन तथा ओसापसार विरुद्ध भरपर्दो संयन्त्र र सीप तथा व्यवशायले अनुशाशित काम र आम्दानीको सोत पहिचान गर्न महत्वपूर्ण भुमिका निर्बाह गरेको जानाकारी गराउनु भयो । 

    आफन्त नेपालको तर्फवाट कार्यक्रमको अध्यक्षता गर्नुभएको श्री रविन्द्र सापकोटाले मन्त्रालय र किशोरी तथा महिलाहरुसंगको यस किसीमको साझेदारी गरीबीको अन्त्य गर्न, महिला अधिकारको सुनिश्चत गर्न, लैगिक समानता कायम गर्न, महिलाहरु प्रतिको गलत सोच, नियम र व्यवाहारमा परिवर्तन गरी आर्थिक क्षेत्रमा समान अवसर प्रदान गर्न, उपयूक्त बातावारणमा रोजगार तथा व्यवसाय संञ्चालन गर्न, स्वदेशमा नै रोजगारी सिर्जना गर्न मुलुकको बिभिन्न भागमा मन्त्रालय र अन्य संस्थाहरुसंगको साझेदारी आफन्त नेपालसंग मात्र नभइ लक्षित परिवारसंग सहकार्य र सहभागीताको प्रभाण भएको बिषयमा जोड दिनुभयो ।

    उक्त कार्यक्रममा मन्त्रालय प्रतिनिधि एवं शाखा अधिकृत, श्री पुष्पा देवि राई र भरतपुर महानगरपालिका, वडा नं ५ का वडा अध्यक्ष श्री यूद्ध प्रसाद श्रेष्ठले किशोरी तथा महिलाहरुलाई प्रमाणपत्र प्रदान गरी समाज रुपान्तरणमा साथ पाएकोमा खुशी व्यक्त गर्नुभएको छ । 

    कार्यक्रममा तालीम प्राप्त किशोरी तथा महिलाहरुले आफ्नो जीवन र समाज रुपान्तरणलागि नेपाल सरकार र आफन्त नेपालको अभियानमा जोडिन पाउनुमा खुशी व्यक्त गर्दै सेवा र व्यवसाय  जीवनको सपना रहेको वताउनु भएको छ ।   

    सामाजिकपत्र

    • सोमवार, आषाढ ८ २०८३०९:१९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology