• सोमवार, श्रावण ११ गते २०८३

बिरगञ्जमा बन्धक बनाइएकी किशोरीको उद्धार

बिरगञ्जमा बन्धक बनाइएकी किशोरीको उद्धार

बिरगञ्जमा बन्धक बनाइएकी किशोरीको उद्धार

  • 5.5K
    SHARES

  • बिरगञ्जमा बन्धक बनाइएकी किशोरीको उद्धार

    बिरगञ्ज महानगरपालिका वडा नं.२४, रामगढवामा भारतको बिहार, धपरा जिल्ला घर, बर्ष १५ की एक किशोरीलाई भारतको बिहार बस्ने चन्दन कुमारले गत अप्रिल २ मा अन्य २ जना समेत गरी ३ जनाबाट बिद्यालयवाट फर्कदै गर्दा आफु अपहरणमा परेको बताएकी छन । अपहरण पश्चात जबरजस्ती सिन्दुर, पोते र चुरा लगाइ श्रीमतीको भेषमा नेपाल भारत सीमा पार गरी विगत ३ महिनादेखी नेपालको बिभिन्न ठाउँहुदै बिरगञ्जमा बन्धक बनाई राखिएको थियो ।

    किशोरीको परिवारले बिहारको ३ वटा प्रहरी चौकि र रक्सौलमा रहेको स्वच्छ रक्सौल नामक सामाजिक संस्थामा खोजतलासको लागि निवेदन दिएका थिए । निज किशोरीले आफुलाई बिरगञ्जबाट पुनःअन्यन्त्र सार्ने चाल पाएपछि आफ्नो बुबासंग पहिलोपटक फोनमार्फत सम्पर्क गरी आफु रामगढवा भन्ने ठाउमा रहेको र उद्धारको लागि अनुरोध गरेको थिइन ।

    १४ आषाढको बेलुकी १० बजेदेखी नेपाल प्रहरी, आफन्त नेपाल, स्वच्छ रक्सौल र स्थानीयको सहयागमा रातभर रामगढवाको केही शंकास्पद घरहरुमा खानतलासी गरिएको थियो ।  रातभरको अथक प्रयास पछि करीब २ बजेको समयमा शंकास्पद एकघरमा खानतलासी गर्दा बन्धक बनाइएकी १५ बर्षिया किशोरीको उद्धार गरिएको हो ।

    आषाढ १५ गते जिल्ला प्रहरी कार्यालय, पर्साबाट अनुसन्धान पश्चात निज किशोरीलाई आफन्त नेपाल र स्वच्छ रक्सौलका प्रतिनिधि एवं किशोरीको आमा र बुबाको रोहवरमा परिवारिक पुनर्मिलन गराइएको छ । स्वच्छ रक्सौलका अध्यक्ष श्री रञ्जित सिंहसग सम्पर्क गर्दा नेपाल प्रहरी, आफन्त नेपाल र स्थानीयको यस मानवीय सहयोगको लागि भारतको बिहारमा निकै प्रशंसा भइरहेको बताउनुभयो साथै भारतमा कानूनी प्रकृयाको लागि समेत किशारीको परिवारलाई सहयोग रहने बताउनुभयो ।

    आफन्त नेपाल, बिरगञ्ज शाखा, प्रमुख, श्री मनुरानासंग घट्नाबारे सम्पर्क गर्दा नेपाल प्रहरी, आफन्त नेपाल र स्थानीयको सहयोगमा एक बालिकाले आधुनीक दासत्वपुर्ण अवस्थावाट मुक्ति पाएको र यस्ता घट्नाहरु बेलाबेलामा घटिरहने हुनाले आफ्नो बालबालिकाहरुको समेत हरपल ख्याल गर्नका लागि अनुरोध गर्नुभएको छ । 

    विकास भट्टराई

    • मंगलवार, आषाढ १६ २०८३१२:२८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology