सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले आफ्नो बसोवास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै आन्दोलन जारी राखेका छन् ।
सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिबास लगाएको भन्दै उनीहरूले ‘यो देशमा बाँच्न देऊ’ लेखिएको ब्यानर बोकेर काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् ।
सरकारले गत १२ र १३ वैशाखमा काठमाडौं उपत्यकाका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुमवासी बस्तीमाथि डोजर चलाएको थियो ।
१५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने भने पनि सरकारले सुकुमवासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्न सकेको छैन ।