२०१९ को अन्त्यबाट चिनको बुहान सहरबाट सुरू भएको(कोभिड १९) अर्थात कोरोना भाईरस यतिबेला पश्चिमी मुलुक युरोप हुदै बिश्वको महशक्तिसाली मानिने राष्ट्र सयुक्त राज्य अमेरिकालाई केनूद्रबिन्दु(ईपिसेन्टर) बनाएको छ।

बिश्वका २ सय भन्दा बढी देशहरूमा कोरोनाको प्रत्यक्ष प्रभाब रहेको छ। र हालसम्म यस रोगका सॅक्रमित करिब ३५ लाखको हारहरीमा पुगेको छ भने मृत्यु दर करिब तिन लाख भन्दा बढी पुगेको छ। उपचारमा खटिने हजारौ चिकित्सकहरू संक्रमित हुनुका साथै सयौ चिकित्सकहरूको मृत्यु भएको छ।

यस रोग नियन्त्रणको लागी बिश्वभरका चिकित्सक तथा बैज्ञानिकहरू एकै साथ लागि परे पनि हालसम्म कुनै उपल्ब्धी हात परेको अबस्था छैन। रोग निवारण तथा नियन्त्रणको निम्ति भ्यासिम तयारकै लागी करिब छ महिना देखि डेढ बर्षसम्म लाग्ने बिश्व स्वास्थ संगठन(W.H.O) ले बताएको छ। यतिबेला कोरोना महामारीकै कारण सॅसारले लकडाऊनको सामना गरिरहेको छ।

सामान्य ढंगले रोग नियन्त्रण तथा निबारण नहुने कुरा निश्चितप्राय छ। बिश्व अर्थतन्त्रमा गम्भिर खालका असर देखा पर्नथालेका छन। यसै क्रममा बिभिन्न देशमा छरिएर रहेका नेपाली श्रमिकहरूको समस्या दिन दिनै बढ्दै गईरहेको छ। मुख्यत लाखौको सॅख्यामा रहेका खाडी मुलुकमा रहेका नेपाली दाजु भाईलाई लकडाउनका कारण दैनिकी कष्टकर बन्दै गएको सामाजिक सन्जालमा हेरेर नै अनुमान गर्न सकिन्छ।

तर नेपाल सरकारको तलब भत्ता खाएर श्रमिकहरूको हकहितको निम्ति काम गर्न गएका समन्धित राष्ट्रका दुतबास भने बेखबर छ। नेपालमा कोरोना सक्रमणको गति अलि सुस्त जस्तो देखिए पनि पछिल्लो अपडेटले रोग भुसको आगो जस्तो बन्दै गईरहेको र यसलाई राज्यले सहि ढॅगले ब्यबस्थापन गर्न नसकेमा महामारीको रूपमा अगाडी बढन सक्ने सम्भावना निकै प्रबल बन्दै गईरहेको छ।

लकडाउनका कारण कलकारखाना तथा उत्पादनका स्रोतहरू बन्द हुनुले नेपाली अर्थतन्त्रमा गम्भिर खाले समस्या पैदा हुदै गएको अबस्था छ। आउने दिनहरू यसको असर नेपाली जनताले प्रत्यक्ष भोग्नु पर्ने छ। देशको कुल जनसॅख्यामा किरिब 40% नेपालीहरू रोजगारीको सिलसिलामा अरबको खाडि र लाखौको संख्यामा भारतिय गल्लिमा गल्लिमा भौतारिन बाध्य छन।

नेपालका गाउहरू बुढा पाका र बच्चाहरूमा मात्र सिमित रहेको छ। युवा शक्तिको अभाबका कारण गाउका खेति योग्य जमिनहरू बर्षौ देखि सिन्चित हुन पाएका छैनन। आफ्नो खेति योग्य उर्बर भुमिलाई बाजो राखि बिदेशबाट आएको रेमिट्यान्सले तेस्रो मुलुकबाट खाध्यबस्तु आयत गरि उपभोग गर्न बाध्य छौ।

यतिबेला बिश्वब्यापी फैलिएको महामारि कोरोनाका कारण आफ्नो रोजीरोटीका लागि प्रदेशिएका नेपाली र भौतिक सुख सुबिधाको निम्ति सहरिया जिबन रोजेका मानिसहरू एकैसाथ गाउ फर्क अभियानमा छन। बिश्वभरका मानबजातिलाई नै चुनौति दिदै आएको कोरोना भाईरस आफैमा दुखद पुर्ण त छ नै यध्यपी यो दुख यो पिडालाई भुल्दै एक अबसरमा बदल्ने बेला आएको छ।

कोरोना महामारीलाई मध्यनजर गर्दै आफ्नो सामाजिक दुरि कायामै राखि गाउमा बर्षौ देखि बाजिएका जमिन जौतौ खोरिया खनौ धान,कोदो,मकै,गहु,जहु जे छ उत्पादन गरौ। यो चुनौतिलाई आत्मा निर्भरताको अबसरमा बदलौ।