• मंगलवार, आश्विन ६ गते २०७७

अभिनेता सुशान्तको मृत्यु प्रकरण : उनकै बहिनीविरुद्धनै एफआईआर दर्ता

अभिनेता सुशान्तको मृत्यु प्रकरण : उनकै बहिनीविरुद्धनै एफआईआर दर्ता

अभिनेता सुशान्तको मृत्यु प्रकरण : उनकै बहिनीविरुद्धनै एफआईआर दर्ता

  • 2.6K
    SHARES

  • अभिनेता सुशान्तको मृत्यु प्रकरण :  उनकै बहिनीविरुद्धनै एफआईआर दर्ता

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणर बारे  सोमबार राति मुम्बई प्रहरीले सुशान्तकै बहिनी बहिनीविरूद्ध एफआईआर दर्ता गरेको छ ।

    समाचार एजेन्सी एएनआई के अनुसार सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको गुनासोबमोजिम सुशान्तकै बहिनी प्रियंका शाह, दिल्लीस्थित राममनोहर लोहिया अस्पतालका डाक्टर तरुणकुमारलगायतविरुद्ध बान्द्रास्थित प्रहरी कार्यालयमा एफआईआर दर्ता गरिएको हो। जसमा उनीहरूविरुद्ध सुशान्तलाई आत्महत्याका लागि दुरुत्साहन, धोका र आपराधिक षड्यन्त्र गरेको आरोप लगाइएको छ।

    सोमबार रिया चक्रवर्तीले बान्द्रास्थित प्रहरी कार्यालयमा गएर सुशान्तकी बहिनी प्रियंका सिंह र डाक्टर तरुणकुमारविरुद्ध नक्कली प्रेस्क्रिप्सन एवं टेली मेडिसिन प्राक्टिस गाइलाइन उल्लंघन गरेको आरोप लगाउँदै एफआईआर दर्ता गर्न अनुरोध गरेकी थिइन्।

    रियाले आफ्नो लिखित गुनासोमा गत जुन ८ का दिन सुशान्तले आफ्नी बहिनीसँग मोबाइलमा भएको मेसेज कुराकानी देखाएको र त्यसमा उनकी बहिनीले उनलाई केही औषधि लिन भनिएको उल्लेख गरेकी थिइन्।

    रियाका अनुसार उनले सुशान्तलाई सम्झाउने प्रयास गरेकी थिइन् कि सुशान्तले डाक्टरले भनेका औषधि मात्र खानुपर्छ, बहिनीले भनेको औषधि खान हुँदैन, किनकि उनले कुनै मेडिकल डिग्री लिएकी छैनन्। सुशान्तकी बहिनी र डाक्टर तरुणकुमारले नक्कली प्रेस्क्रिप्सन बनाएको उनको आरोप छ

    रियाका अनुसार यस विषयमा सुशान्त र उनको विवाद भयो र त्यसपपिछ सुशान्तले उनलाई आफ्नो घर जान दबाब दिए। किनकि सुशान्तका साथ उनकी दोस्री बहिनी मितु सिंह आएर बस्नेवाला थिइन्।

    यस क्रममा एनसीबीले रियाका भाइ शौविक चक्रवर्ती र सुशान्तका प्रबन्धक रहेका श्यामुअल मिरान्डासहित ९ जनालाई पक्राउ गरिसकेको छ। एनसीबीले रिया चक्रवर्तीसँग पनि सोधपुछ गरिसकेको छ भने आज पुनः सोधपुछ गर्ने बताइएको छ।

    अभिनेता सुशान्त सिंह राजपुत गत जुन १५ तारिख मुम्बईस्थित आफ्नै घरमा मृत फेला परेका थिए।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology