• मंगलवार, आश्विन ६ गते २०७७

क्रोएसियाविरुद्ध फ्रान्सको सहज जित

क्रोएसियाविरुद्ध फ्रान्सको सहज जित

क्रोएसियाविरुद्ध फ्रान्सको सहज जित

  • 208
    SHARES

  • क्रोएसियाविरुद्ध फ्रान्सको  सहज  जित

    विश्वकप विजेता फ्रान्सले विश्वकप उपविजेता क्रोएसियाविरुद्ध सहज  जित निकालेको  छ । युइएफए नेशन्स लिगअन्तर्गत लिग ए को समूह ३ को खेलमा फ्रान्सले सहज जित निकाल्दै क्रोएसियालाई  ४-२ ले हराएको हो  ।

    फ्रान्सको घरेलु मैदान स्टेड डे फ्रान्समा डेजान लोभरेनले १७औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा एन्टोनी ग्रीजमनले फ्रान्सका लागि बराबरी गोल फर्काए ।

    पहिलो हाफको अन्तिममा क्रोएसियाका डोमिनिक लाकोभिचले आत्मघाती गोल गरेपछि फ्रान्सले २-१ को अग्रता बनायो । ५५औं मिनेटमा ङ्क्रोसियाका जोसिफ ब्रेकाकोले गोल गर्दै खेल बाबरीमा ल्याए ।

    ६५औं मिनेटमा डायोट उपामेकानोले गोल गर्दै फ्रान्सलाई ३-२ को अग्रता दिलाए । ७७औं मिनेटमा ओलिभर जिरुडले गोल गरेपछि फ्रान्सले सहज जित हात पारेको हो । जिरुडले अन्तर्राष्ट्रिय फुटबलमा ४०औं गोल गरेका हुन् । फ्रान्सका लागि सर्वाधिक ५१ गोल थिएरी हेनरीले गरेका छन् ।

    जितपछि फ्रान्सले पोर्चुगल समान ६ अंक जोडेको छ तर गोलअन्तरमा दोस्रो स्थानमा छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology