काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ्गलाई दोहोर्याउन नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड सहमत भएका छन् ।
लामो अड्कलबाजीपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ्गलाई दोहोर्याउन सहमत भएका हुन्।
शुक्रबारको स्थायी कमिटि बैठक लगत्तै कुलमानलाई प्राधिकरणमा दोहोर्याउने सहमति ओली र प्रचण्डबिच भएको थियो । त्यस लगत्तै ओलीले लाइन मिनिस्टर वर्षमान पुनलाई बालुवाटार बोलाएर कुलमानलाई दोहोर्याउने गरी प्रस्ताव मन्त्रीपरिषदमा ल्याउन निर्देशन दिएका हुन्।
शुक्रबार अबेर प्रधानमन्त्रीबाट त्यस्तो निर्देशन पाएपछि उर्जा मन्त्री पुनले प्रस्ताव तयार पारेर आगामी मन्त्रीपरिषद बैठकमा पेश गर्ने तयारी गरेको उनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । उनले भने, ‘मन्त्रालयले घिसिङको पुनर्नियुक्तिका लागि प्रस्ताव तयार पारेको छ । आइतबार या सोमबार बस्ने मन्त्रीपरिषद बैठकमा अनुमोदनका लागि पठाउने छ ।