• आइतवार, आश्विन ४ गते २०८३

यस्तो छ बेनाेज अधिकारीकाे जिवनी

यस्तो छ बेनाेज अधिकारीकाे जिवनी

यस्तो छ बेनाेज अधिकारीकाे जिवनी

  • 10.5K
    SHARES

  • यस्तो छ बेनाेज अधिकारीकाे जिवनी

    बुबा वावुराम अधिकारी र आमा हरिमाया अधिकारीका पहिलो सन्तानको रुपमा क. बेनोज अधिकारीको जन्म २०३० साउन २० गते तनहुँ जिल्लाको क्यामिन गाउँमा भएको थियो ।

    काठमाडौंको लैनचौर स्थित हरिपूर्व प्राविबाट प्राथमिक शिक्षा सुरुवात गर्नुभएका बेनोजले गाउँकै क्यामिन माविबाट २०४७ मा एस.एल.सी. गरेका हुन् ।

    २०५० सालमा सरस्वती बहुमुखी क्याम्पस ठमेल काठमाडौंबाट आइकम उत्तीर्ण गरी नेपाल कमर्श क्याम्पस मिनभवन प्रवेशसंगै उनले सक्रिय विद्यार्थी राजनीति सुरुवात गरेका थिए।

    २०५१ मा मिनभवन क्याम्पस इकाई अध्यक्ष हुँदै उनी ०५३ मा काठमाडौ जिल्ला सचिव भए ।

    २०५३ सालमै बिबिएस् उत्तीर्ण गरी औपचारिक शिक्षालाई भन्दा संगठन लाई प्रमुख बनाई अगाडि बढेका बेनोज २०५४ मा काठमाडौं जिल्ला अध्यक्ष हुँदै १४ औ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा चुनिए ।

    २०५६ सालमा केन्द्रीय सचिव हुदै भएका अधिकारी २०५८ को १५ औ राष्ट्रिय सम्मेलन बाट उहाँ उपाध्यक्षमा निर्वाचित भएका थिए ।

    राजनीतिक यात्राको क्रममा २०५४ जेठमा गिरफ्तार भई पाँच महिनासम्म बन्दी जीवन बिताउँदै असोज १२ गते केन्द्रीय कारागारबाट मुक्त भए ।

    देश र जनताको स्वतन्त्रता र मुक्तिका लागि सम्पूर्ण जीवन आन्दोलनमा समर्पण गरेर अघि बढ्ने क्रममा उनलाई ०५८ साल फागुन २२ गते विराटनगरवाट तत्कालिन शाही नेपाली सेनाले गिरफ्तार गर्यो।

    दुई दिनसम्मको चरम यातनापश्चात अधिकारीलाई ०५८ साल फागुन २४ गते हिरासतमा गोली हानी हत्या गरेको थियो ।

     

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७०९:४१:५२
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology