माओका केही नीतिलाई लिएर सन् १९६० र ७० को दशकमा कैयौँ पटक झट्का बेहोरेपछि देङ सिआओपिङ सचेत भएका थिए।

अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर देङ सिआओपिङ केही सिद्धान्तका साथ अघि बढ्ने गर्दथे। उनी आफूलाई मात्रै महत्त्वका साथ अग्रपंक्तिमा राख्दैनथे।

उनले आफ्नो पूरै ध्यान चिनियाँ अर्थतन्त्रलाई तीव्र गतिका साथ अगाडि बढाउनमा केन्द्रित गरेका थिए। हार्वर्ड विश्वविद्यालयमा सामाजिक विज्ञान पढाउने प्राध्यापक एज्रा फोगेलले देङ सिआओपिङको जीवनी लेखेका छन्।

उनले देङ सिआओपिङलाई अस्थिरतालाई रोक्दै स्थायित्व ल्याउन सक्ने क्षमता भएको एक महान् नेताका रूपमा चित्रण गरेका छन्।

देशको अर्थतन्त्रमा भएको कायापलटसँगै चिनियाँ नागरिकमा आर्थिक सम्पन्नता मात्रै नआइ सत्तामा चिनियाँ कम्युनिष्ट पार्टीको पकड समेत मजबुत भएको छ।

चीनमा देङ सिआओपिङको आर्थिक उदारीकरणलाई राजनीतिक उदारीकरण पनि भनिन्छ।

सीको चीन

देङ सिआओपिङले प्रायशः ‘क्याट थिअरी’ को कुरा गर्दथे अर्थात् जबसम्म बिरालोले मुसा समातिरहन्छ तबसम्म बिरालोको रङ्ग कालो वा सेतो हुनुले अर्थ राख्दैन, त्यो राम्रो बिरालो नै कहलिन्छ।

त्यही सिद्धान्तमा आधारित भएर सी जिनपिङले चीनमा औद्योगिक विकासको प्रस्ताव अघि सारे। त्यसका लागि उनले ‘टु बर्ड थिअरी’ लाई अघि सारे।

सन् २०१४ मा १२ औँ न्याशनल पिपुल्स कंग्रेसलाई सम्बोधन गर्दै सी जिनपिङले भनेका थिए, पिँजडा खोलेर त्यसमा अब बूढो पंक्षी (अन्तिम सास लिइरहेका औद्योगिक संस्थानहरू) लाई कैद गर्न जरुरी छ।

त्यही सिद्धान्तमा टेकेर चीन अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। त्यसअन्तर्गत सी जिनपिङले मौलिक प्रविधि र पर्यावरणको रक्षासँगै विकासमा जोड दिए।

नयाँ युग

चीनमा अब यो पनि प्रश्न उठिरहेको छः चीनका अर्का नायक अब को हुन्छ?

गत वर्ष चिनियाँ न्याशनल पिपुल्स कंग्रेसले दुई कार्यकाल मात्रै राष्ट्रपति रहन पाउने संवैधानिक व्यवस्था अन्त्य गरेको थियो।

योसँगै चीनमा समाजवादमाथि सी जिनपिङको मान्यताको शुरूवात भएको छ र त्यसलाई चीनको नयाँ युग भनिँदैछ।

क्षेत्रीय शान्तिका निम्ति विकास: चीन

चिनियाँ कम्युनिष्ट पार्टीमाथि नियन्त्रण हुने व्यक्ति नै सबैभन्दा शक्तिशाली हुन्छ। हुन त आफ्ना विरोधीलाई पाखा लगाइदिएको सी जिनपिङमाथि आरोप छ।

आफ्नो कार्यकालमा उनले सरकारी उद्योगमाथि नियन्त्रण बढाएका छन्।

नियन्त्रण

उदाहरणका लागि चिनियाँ कम्युनिष्ट पार्टीको नियन्त्रणबाट सरकारी कम्पनीहरूलाई टाढा पार्दै व्यवस्थापकहरूलाई जिम्मा लगाएका छन्।

सीको कार्यकालमा गैरसरकारी संघसंस्थाहरूमाथि पनि कडाइ गरिएको छ। कैयौँ मानव अधिकारकर्मी पक्राउ परेका छन्।

सी जिनपिङका बुवा सी जङसङ सन् १९७८ मा ग्वाङडुङ प्रान्तका गभर्नर थिए। उनी देङ सिआओपिङ नेतृत्वको आर्थिक क्रान्तिमा पनि अग्रपंक्तिमा थिए।

सन् २०१२ मा पहिलो आधिकारिक भ्रमणका क्रममा सी जिनपिङले ग्वाङडुङको शेनचेन पुगेका थिए। उक्त भ्रमणबाट उनले सामाजिक-आर्थिक सुधारमा कहीँ कतैबाट अवरोध उत्पन्न नहुने सन्देश दिन खोजेका थिए।

सामञ्जस्य

चिनियाँ नेताहरूले केन्द्रको बलियो नियन्त्रण रहने खालको नेतृत्वमा जोड दिए पनि स्थानीय सरकार, निजी कम्पनी तथा विदेशी लगानीकर्ताबीच राम्रो सामञ्जस्य कायम राखेका छन्।

विगतको तुलनामा सी जिनपिङले चीनमा सार्वजनिक-निजी साझेदारीमा बढी जोड दिएका छन्। सन् २०१४ पछि चीनमा वैदेशिक लगानीमा तीव्र वृद्धि भएको छ। सी जिनपिङले व्यापारको दायरा पूरै विश्वमा बढाएका छन्।

उनी महत्त्वाकांक्षी ठानिएको ‘वान वेल्ट वान रोड’ परियोजनामार्फत एसिया, युरोप र अफ्रिकालाई जोड्न लागिपरेका छन्।

चीन सन् २००१ मा विश्व व्यापार संगठनमा जोडिन पुग्यो। त्यसयता विदेशी व्यापारलाई सहज बनाउन बेइजिङले ७ हजार जति आफ्ना नियमहरू खारेज गरिसकेको छ।

सन् २०११ देखि चीनले करमा औसत १० प्रतिशतले कटौती गरेको छ। –बीबीसी हिन्दी