चीनले नेपाली भूमिमा बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने जनाएको छ ।
दूतावासका प्रवक्ताले मंगलबार राती पठाएको विज्ञप्तीमा चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणिकरण गर्न सक्ने जनाइएको हो ।
हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको सो धारणा आएको हो ।
यस्तो छ दूतावासका प्रवक्ताको छोटो विज्ञप्तीको पूर्णपाठ :
‘चीन र नेपाल मित्रवत छिमेकी हुन्। चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्दै आएको छ। मिडियामा उल्लेख गरिएका भवनहरू चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ।
नेपाली पक्षले फेरि प्रमाणिकरण गर्न सक्नेछ। चीन र नेपालबीच सीमा विवाद छैन। दुवै पक्षले सीमा मामिलामा सधैं नजिक रहेर सूचना आदानप्रदान गर्दै आएका छन्।’