नयाँ फरवार्ड लुइस सुआरेजले डेब्यु खेलमा नै दुई गोल गरेपछि एटलेटिको म्याड्रिडले ग्रानाडाविरुद्ध ६-१ को जितसँगै नयाँ सिजनको सुखद सुरुवात गरेको छ ।
बैकल्पिक खेलाडीका रुपमा रहेका सुआरेजले अन्तिम २० मिनेट मैदानमा बिताएपनि दुई गोल गर्न सफल रहे । डिएगो कोस्टाको स्थानमा ७० औं मिनेटमा मैदान प्रवेश गरेका उनले एक गोलको लागी असिस्ट समेत दिएका थिए ।
एटलेटिकोले खेलको नवौं मिनेटमा अग्रता लिएको थियो । एन्जल कोर्रियाको क्रसमा डिएगो कोस्टाले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
सुआरेजलाई लोरेन्टेले डेब्यु गोलको लागि अवसर दिए । उनकै पासमा सुआरेजले ८५ औं मिनेटमा गोल गर्दै खाता खोले ।
अघिल्लो दुवै खेलमा जित दर्ता गरेको ग्रानडा यस हारका बाबजुद दोस्रो स्थानमा छ । एटलेटिको पहिलो खेलमा जितसहित नवौं स्थानमा छ ।