नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको बिधार्थी संगठन अनेरास्ववियूका नेता विजय गौतमलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ ।
नेता गौतमको सोमबार आएको पिरिआर रिपोर्टमा संक्रण पोजेटिभ देखिएको हो । नेता गौतमले केही दिन अघि ज्वारो आएको र आशंकामा परिक्षण गर्दा पोजेटिभ देखिएको जानकारी दिए ।
एक साता अघि देखिनै होम आइसोलेशनमा बसेका जानकारी गराउदै उनले संगठनको कामको शिलशिलामा सम्पर्कमा आएका अनेरास्ववियूका नेता कार्यकर्तालाई सजगता अपनाउन आग्रह गरे ।
उनले आइतबार त्रिवि शिक्षण अस्पतालमा स्वाब दिएका थिए । होम आइसोलेसनमा वस्दै आएका गौतमको परिवारका सदस्यको रिपोर्ट आउन वांकी रहेको छ ।