• सोमवार, श्रावण ११ गते २०८३

सहमति नजिक पुगेको सरकार र डा. केसीको वार्ता भाँडियो

सहमति नजिक पुगेको सरकार र डा. केसीको वार्ता भाँडियो

सहमति नजिक पुगेको सरकार र डा. केसीको वार्ता भाँडियो

  • 5.1K
    SHARES

  • सहमति नजिक पुगेको सरकार र डा. केसीको वार्ता भाँडियो

    सहमतिको प्रारम्भिक मस्यौदा तयार पारे पनि सरकार र डा. गोविन्द केसी पक्षबीचको  शुक्रबार वार्ता भाँडिएको छ ।सहमतिको प्रारम्भिक मस्यौदाबाट सरकार पछि हटेपछि वार्ता विना निष्कर्ष टुंगिएको डा. केसी पक्षघर वार्ता टोलीको भनाइ छ ।

    ६ बुँदे माग राखेर अनसन डा. केसी पक्ष र सरकारी टोलीबीच बिहीबार दिनभर भएको वार्तामा लगभग सहमति जुटेको थियो । सहमतिको मस्यौदाबारे सरकारी वार्ता टोली एवं शिक्षा सचिव गोपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्याएका थिए ।

     प्रधानमन्त्री ओलीले अध्ययन गरेपछि शुक्रबार औपचारिक सहमति गर्ने वार्ता टोलीको गृहकार्य थियो । तर, सहमति हुनुको साटो परिस्थिति झन् बिग्रिएको छ । डा. केसीको अनशन २७ औँ दिनमा छ ।

    अरु सबै विषयमा दुबै टोली सहमत थिए । त्यही परिमार्जित विषयमा दुई वार्ता टोली बसेर टुंगो लगाउने र डा. केसीको अनसन शुक्रबार नै तोडाउने तयारी थियो ।

    तर सरकारी टोली वार्तामा आएन । स्रोतका अनुसार सरकारी वार्ता टोलीका संयोजक मैनालीले लाइन मिनिस्टरलाई देखाएर मात्र सहमतिलाई आौपचारिकता दिन चाहे।

    डा. केसीको तर्फबाट बनेको वार्ता टोलीका संयोजक जीवन क्षेत्रीले पनि सरकार सहमतिबाट पछि हटेको बताए । उनले भने, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दुरासय राखे, डा. केसी मरेपनि मरोस् भन्ने जस्तो गरे । समझदारीबाट पछाडि हट्ने काम भयो ।’

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology