• सोमवार, श्रावण ११ गते २०८३

मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक !

मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक !

मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक !

  • 7.3K
    SHARES

  • मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक !

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  गुलाबजङ्ग शाहलाई कामकारबाही सन्तोषजनक नभएको भन्दै  प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् ।

    मुख्यमन्त्री शाहीले  सोमबार नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् । नेपाली यसअघि सचेतक थिइन् ।

    आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए । दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि  प्रमुख सचेतक शाहले मंगलबार दिउँसो १ बजे दलको बैठक बोलाएका छन् ।

    नेकपा कर्णाली प्रदेशमा लामो समयदेखि रस्साकस्सी बहुमत सांसदले दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि सतहमा आएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology