दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनाले घरेलु टोली बोलिभियामाथि २–१ को पूनरागमन जित निकालेको छ।
मंगलबार राति भएको खेलमा अर्जेन्टिनाको जितमा लोउटारो मार्टिनेज र जोआकिव्न कोरेआले गोल गरे । घरेलु टोलीका मार्सेलो मोरेनोले गरेको गोल सान्त्वना बन्यो ।
खेलको २४औं मिनेटमा मार्सेलो मोरेनोले गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए । एलेजान्द्रो चुमासेरोको क्रसमा मार्सेले मोरेनोले हेडरमार्फत गोल गरेका थिए
४५औं मिनेटमा मार्टिनेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले पालासियोसबाट आएको पासलाई अघि बढाउँदै गरेको क्रसलाई जोस कारास्कोले गरेको क्लियरेन्स मार्टिनेजलाई लाग्दै गोमा परिणत भएको थियो ।
७९औं मिनेटमा जोआक्विन कोरेराले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए ।उनले लोउटारो मार्टिनेजको पासमा गोल गरेका थिए ।
त्यसपछि थप गोल निस्कन नसक्दा अर्जेन्टिना २–१ ले विजय हुन सफल भयो ।