फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लब पहिलो पटक यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

जर्मन क्लब आरबी लाइप्जिगमाथि ३-० को जित दर्ता गर्दै पीएसजीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । पीएसजीको जितमा मार्किन्हस, एन्जल डी मारिया र जुआन बर्नाटले १-१ गोल गरे ।

खेलको १३ औं मिनेटमा पीएसजीले मार्किन्हसको गोलमा अग्रता लियो । एन्जल डी मारियाले मैदानको बायाँ भागबाट झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारलाई मार्किन्हसले हेडरमार्फत गोल गरेका थिए ।

खेलको ३५ औं मिनेटमा नेयमारको फ्रिकिक पोस्टमा लाग्दा पीएसजीले अग्रता दोब्बर पार्ने अवसर गुमायो । नेयमारले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहारमा गोलरक्षकले ढिलो डाइभ दिएपनि पोस्टमा लाग्दै बाहिरीएको थियो।

खेलको ४२ औं गोलरक्षक गुलाक्सीले क्लियर गर्ने क्रममा मिस पास गरेपछि आएको बललाई नेयमारले फ्लिक गरेर डी मारियातर्फ दिएको बल डी मारियाले सहजै गोल गर्दै अग्रता दोब्बर पारे ।

४४ औं मिनेटमा एमबाप्पेको पासमा नेयमारले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्न सकेनन् । दोस्रो हाफको ५६ औं मिनेटमा पीएसजीले जुआन बर्नाटको गोलसँगै ३-० को अग्रता लियो ।

यस जितसँगै पीएसजीले फाइनलमा स्थान पक्का गरेको छ ।