• सोमवार, श्रावण ११ गते २०८३

नेकपा विवाद हल गर्न प्रवक्त्ता नारायणकाजी श्रेष्ठको यस्तो प्रस्ताव !

नेकपा विवाद हल गर्न प्रवक्त्ता नारायणकाजी श्रेष्ठको यस्तो प्रस्ताव !

नेकपा विवाद हल गर्न प्रवक्त्ता नारायणकाजी श्रेष्ठको यस्तो प्रस्ताव !

  • 5.2K
    SHARES

  • नेकपा विवाद हल गर्न प्रवक्त्ता नारायणकाजी श्रेष्ठको यस्तो प्रस्ताव !

    काठमाडौं, २४ साउन । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको भित्रको विवाद हल गर्न अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गर्न प्रस्ताव गरेका छन् ।

    शनिबार सामाजिक संजाल फेसबुकमा एक पोस्ट गर्दै प्रबक्ता श्रेष्ठले यस्तो प्रस्ताव गरेका हुन् ।

    प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता पदको इज्जत जोगाउन भन्दै सामाजिक सञ्जालमार्फत भनेको भोलिपल्ट नेकपा प्रवक्ता श्रेष्ठले त्यसको जवाफ दिएका हुन् ।

    व्यक्तिगत आरोप- प्रत्यारोप वा गालीगलौजका रुपमा होइन, वैचारिक, सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गर्न प्रवक्ता श्रेष्ठको माग छ ।

    ‘म फेरि जोड दिएर भन्छु, हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं । सबै बैठकमा उपस्थित भएर आ-आफना विचार राखौं र छलफल गरौं । त्यसबीचमा आवश्यकताअनुसार शीर्षस्थ नेताहरुको बीचमा र सचिवालयमा गृहकार्य गरौं,’ उनले भनेका छन्, ‘बैठकले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णयअनुसार महाधिवेशनको तयारी गर्ने गरी निकास निकालौं ।’

    प्रवक्ता श्रेष्ठले थपेका छन्, ‘यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गरौं र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौं । पार्टीभित्रको बहस र अन्तसंघर्षलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔं, व्यक्तिको हार र जीतको विषय होइन । पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔं । व्यक्तिगत आरोप- प्रत्यारोप वा गालिगलौजका रुपमा होइन, वैचारिक, सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गरौं । ’

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७१०:२४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology