• सोमवार, श्रावण ११ गते २०८३

गोरखाबाट ल्याएको फूलपाती भित्र्याइयो

गोरखाबाट ल्याएको फूलपाती भित्र्याइयो

गोरखाबाट ल्याएको फूलपाती भित्र्याइयो

  • 5.9K
    SHARES

  • गोरखाबाट ल्याएको फूलपाती भित्र्याइयो

    बडा दशैँको  सातौं दिन अर्थात फुलपाति , घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौंको दशैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ । 

    गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमलमा पुगि डोलामा राखि फूलपाती हनुमान ढोका ल्याएका थिए ।

    फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेस गरिएको हुन्छ ।

     डोलामा ल्याइएको फूलपातीलाई अपरान्हको साइतमा दशैं घरमा भित्र्याइएको हो । दशैं घरमा भित्र्याउनुपूर्व फूलपातीलाई विधिपूर्वक पूजा अभिषेक गरिएको थियो ।

    फूलवृक्षका प्रकारहरुमा उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रम्हायणी, धानको बालामा लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार्तिकी, अशोकको फूलमा शोकरहिता, मान वृक्षमा चामुण्डा देवीको बास रहने शाष्त्रीय मान्यता छ ।

    दशैं घरमा आज भित्र्याइएको फूलपाती दशमीको दिन टिका जमरासँगै देवीको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ ।दशैंघरमा फूलपाती भित्र्याइएपछि नेपाली सेनाले टुडिखेलमा हर्ष बढाईं गर्ने चलन छ । सेनाको हर्ष बढाईं अवलोकन गर्न राष्ट्र प्रमुख, सरकार प्रमुख र विशिष्ट व्यक्तिहरु सरिक हुने चलन छ ।

    काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढेसँगै नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा गर्दै आएको हर्ष बढाईंलाई यो वर्ष समान्य रुपमा सम्पन्न गरेको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology