• आइतवार, आश्विन ४ गते २०८३

पार्टी एकता रक्षाको लागी दुवै  प्रतिवेदनलाई स्थगित गरौ : पोखरेल

पार्टी एकता रक्षाको लागी दुवै  प्रतिवेदनलाई स्थगित गरौ : पोखरेल

पार्टी एकता रक्षाको लागी दुवै  प्रतिवेदनलाई स्थगित गरौ : पोखरेल

  • 5.1K
    SHARES

  • पार्टी एकता रक्षाको लागी दुवै  प्रतिवेदनलाई स्थगित गरौ : पोखरेल

    नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता रक्षाको लागी दुवै  प्रतिवेदनलाई स्थगित गर्नु पर्ने बताएका छन्। 

    उनले सामाजिक सञ्जाल मार्फत नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली मिल्नुको विकल्प नभएको बताउदै पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगित गरी एकिकृत प्रतिवेदन बनाउनुपर्ने बताएका छन्।

    उनले सामाजिक सञ्जालमा लेखेका छन् – म फेरि पनि भन्छु, पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगित गरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको वैठक अग्रसर होस्।

    पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत प्रस्ताव पेश गरेपछि नेकपाभित्रको विवाद चुलिदै गएको छ। ओलीले प्रचण्डका विरुद्ध जवाफी प्रस्ताव तयार पारेका छन्।  

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology