नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट बिधार्थी संगठन अनेरास्ववियूले आफ्ना आसेपासेलाई ‘थोक’मा जागिर खुवाउन सरकारले दरबन्दी सिर्जना गरेको भन्दै विरोध जनाएको छ ।
अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक अंग र प्रक्रिया छलेर थोकमा हुल्ने यस्तो कार्य भ्रष्टाचार भएको हाम्रो ठहर समेत गरेको छ।
विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘सुशासन र विधिको शासनको उपहास हुने त्यस्ता कुनै पनि काम नगर्न र जनताको रोजगारीको संवैधानिक हक संरक्षण गर्ने गरी लोक सेवा आयोगलाई नै विज्ञापन माग गर्न दिन हामी सरकारलाई सचेत गराउँदछौं ।’
अनेरास्ववियूले बढ्दो कोरोना संक्रमण नियन्त्रण गर्न, परीक्षणको दायरा बढाउन र विद्यार्थीको कोरोना बीमा गर्न पनि सरकारसमक्ष माग गरेको छ।
त्यस्तै , अनेरास्ववियूले भदौ १ गतेदेखि भर्ना अभिलेख राख्ने भन्ने सरकारको निर्णयको अपब्याख्या गरी विद्यालय सञ्चालन गर्ने तयारी गरेको भन्दै आपत्ति समेत जनाएको छ ।