• सोमवार, श्रावण ११ गते २०८३

बार्सिलोना विरुद्ध युभेन्ट्स महा भिडन्त : यस्तो छ सम्भाबित सुरुवाती ११ को सुची

बार्सिलोना विरुद्ध युभेन्ट्स महा भिडन्त : यस्तो छ सम्भाबित सुरुवाती ११ को सुची

बार्सिलोना विरुद्ध युभेन्ट्स महा भिडन्त : यस्तो छ सम्भाबित सुरुवाती ११ को सुची

  • 9.2K
    SHARES

  • बार्सिलोना विरुद्ध युभेन्ट्स महा भिडन्त : यस्तो छ सम्भाबित सुरुवाती ११ को सुची

     

     विश्व चिर प्रतिद्वन्दी मानिने दुई विपक्षी क्रिस्टियानो रोनाल्डो साथै लिओनेल मेस्सी एकै मैदानमा पुन भेट हुदै छ ।

    च्याम्पियन लिग अन्तर्गत समुह चरणको अन्तिम खेलमा बार्सिलोनाले युभेन्ट्सको सामना गर्न लागेको हो । यस अघिको बार्सिलोना विरुद्ध युभेन्ट्सको खेल बार्सिलोनाले २-० ले एलिएंज स्टेडियममा जितेको थियो ।

     बार्सिलोनाले युभेन्ट्स विरुद्ध आफ्नै घरेलु मैदान क्याम नाउमा सामना गर्दै छ । रोनाल्डो विना उत्रिएको बार्सिलोना यो साता रोनाल्डो सहितको युभेन्ट्स विना भिड्ने छ ।

    मंगलबार राति हुने उक्त खेल नेपाली समय अनुसार बुधबार बिहान १:४५ बजे सुरु हुने छ । उक्त खेलमा सम्भाबित सुरुवाती ११ मा को को परे हेरौ रिपोर्ट:

    बार्सिलोना:

    लिग अन्तर्गत खराब सुरुवात गरेको बार्सिलोनामा चोटका कारण थप खेलाडी संकट देखिएको छ । नक आउट चरण प्रवेश गरिसकेको बार्सिलोनामा उक्त विषयका कारण खेलाडी चयनमा थप समस्या आइपरेको छ ।

    हालै बार्सिलोनाका उस्माने डेम्बेले चोटग्रस्त छन्, उनि संगै पिके, फाटी, सर्जियो रोबेर्टो साथै उम्तिटी मैदान फर्किने सम्भावना छैन । बुधबार फ्रन्ट लाइनमा मेस्सी, कौटिन्हो साथै ग्रिजम्यान रोनाल्ड कोएमनको प्रमुख फ्रन्ट लाइन हुने छ ।

    बार्सिलोनाको सम्भाबित सुरुवाती ११ को सुची यस प्रकार छ : मार्क टेर स्टेगेन (गोल रक्षक):: देस्ट, आरौजो, लेंग्लेट, अलावा:: पियानिक , डे जोंग, पेड्री :: मेस्सी, कौटिन्हो, ग्रिजम्यान

    युभेन्ट्स :

    चोट कै कारण युभेन्ट्सका बुफोन, किलेनी साथै डेमिराल मैदान बाहिर रहने छन्, तर घरेलु लिगबाट वन्चित मोरटा च्याम्पियन लिग उक्त खेलमा भने फर्किने छन् । मोरटा रोनाल्डोसंग खेल्ने भएसंगै डिबला फ्रन्ट लाइनमा देखिने छैनन् तर कुलुसेभेस्की साथै चिसा भने युभेन्ट्सको सुरुवातमा देखिन सक्ने छन् ।

    युभेन्ट्सले समेत अन्तिम १६ का निम्ति स्थान सुरक्षित गरिसकेको छ ।

    युभेन्ट्सको सम्भाबित सुरुवाती ११ को सुची यस प्रकार छ : सेज्नी (गोल रक्षक):: कुड्रादो, बोनुची, डी लिग्ट, अलेक्स सान्ड्रो :: आर्थुर कुलुसेभेस्की, राबिओट, चिसा:: मोरटा, रोनाल्डो

    सामाजिकपत्र

    • मंगलवार, मंसिर २३ २०७७०७:०२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology