• सोमवार, श्रावण ११ गते २०८३

ड्राइभिङ लाइसेन्सको परीक्षा अर्को सातादेखि खुल्दै, अनलाइनबाटै आवेदन दिन सकिने

ड्राइभिङ लाइसेन्सको परीक्षा अर्को सातादेखि खुल्दै, अनलाइनबाटै आवेदन दिन सकिने

ड्राइभिङ लाइसेन्सको परीक्षा अर्को सातादेखि खुल्दै, अनलाइनबाटै आवेदन दिन सकिने

  • 6.4K
    SHARES

  • ड्राइभिङ लाइसेन्सको परीक्षा अर्को सातादेखि खुल्दै, अनलाइनबाटै आवेदन दिन सकिने

    लामाे समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को परीक्षा अर्काे सातादेखि खुला हुने भएको छ । यातायात व्यवस्था विभागले दिएकाे जानकारी अनुसार सातै प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी भइरहेकाे छ ।

     

    काेराेना महामारी सुरू भएपछि विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्रकाे लिखित र ट्रायल परीक्षा स्थगित गरेकाे थियाे ।

     

    लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल) लिने विषयमा आवश्यक तयारी भएको र औपचारिक निर्णय मात्रै हुन बाँकी रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए।

     

    उनका अनुसार अर्काे साता पुस १५ पछि चारपाङ्ग्रे र दुईपाङ्ग्रे दुवै प्रकारका सवारी साधनको परीक्षा खुल्ने गरी तयारी भइरहेको छ । यसअन्तर्गत सातै प्रदेशमा एकैपटक अनलाइन र  प्रयोगात्मक परीक्षा (ट्रायल) खुलाइनेछ ।

     

    भुसालका अनुसार अनलाइन प्रणालीबाट परीक्षा लिने गरी आवेदन खुला गर्ने भएपनि परीक्षा लिने र ट्रायल गराउन सक्ने आधारमा दैनिक परीक्षाको कोटा भने सम्बन्धित यातायात कार्यालयले नै तोक्ने छन् ।

    सामाजिकपत्र

    • बुधवार, पौष ८ २०७७०३:१७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology