विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।
प्रहरी स्रोतका अनुसार विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो ।
सुरुमा सादा पोशाकका प्रहरीको टोली घरतिर पुगेको थियो तर, राईसहितका व्यक्ति घर पछाडिको जंगलमा लुकेको पाइएको थियो ।
प्रहरी टोली घरमा छिर्ने बित्तिकै बाहिरबाट समूहका कार्यकर्ताले गोली चलाएको स्रोतको भनाइ छ । त्यसपछि थप मद्दतका लागि गएको प्रहरी टोलीले जवाफी फायरिङ गरेको हो ।०७६ असार १६ मा पनि संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ मा प्रहरीको गस्ती टोलीलाई लक्षित गरेर विप्लव समूहले गोली हानेको थियो । घटनाको अरु बिबरण आउन बाकि छ।दुबै तिरको भिषण फाएरिङ भएपछि स्थानीय त्रसित बनेका छन्।