• आइतवार, आश्विन ४ गते २०८३

नेपाल प्रहरीको कपडा खरिदमा अनियमितता गरेको अभियोगमा क्राउन टेक्सटाइलका ठेकेदार पक्राउ

नेपाल प्रहरीको कपडा खरिदमा अनियमितता गरेको अभियोगमा क्राउन टेक्सटाइलका ठेकेदार पक्राउ

नेपाल प्रहरीको कपडा खरिदमा अनियमितता गरेको अभियोगमा क्राउन टेक्सटाइलका ठेकेदार पक्राउ

  • 8.4K
    SHARES

  • नेपाल प्रहरीको कपडा खरिदमा अनियमितता गरेको अभियोगमा क्राउन टेक्सटाइलका ठेकेदार पक्राउ

    नेपाल प्रहरीको पोशाक (पाइन्ट) खरिदमा अनियमितता गरेको अभियोगमा प्रहरीले दुई जना ठेकेदारलाई पक्राउ गरेको छ। 

       पक्राउ पर्नेमा क्राउन टेक्सटाइलका सञ्चालक पिताम्बरकुमार मुन्का र सो कम्पनीका प्रतिनिधि नरेन्द्रनाथ पौडेल रहेका छन्। 

    मुन्कालाई पर्सा र पौडेललाई काठमाडौंबाट आइतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

    नेपाल  प्रहरीले आर्थिक वर्ष २०७३/२०७४ का  लागि दुई करोड १६ लाख ४० हजार बराबरको २० हजार मिटर उलन पाइन्ट खरिदमा फर्जी नमूना पठाएर ठगी अनियमितता गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। 

    ब्युरोका प्रहरी नायब महानिरीक्षक सहकुल थापाका अनुसार क्राउन टेक्सटाइलले एसजीएस चेन्नई भारतबाट खरिद गर्नेगरी नमूना पठाएको थियो।

    सो नमूना स्वीकृत भएपछि क्राउन टेक्सटाइलले आफूखुसी अर्को नमूना पठायो। स्वीकृत नमूनाविपरीत पाइन्टको कपडा भेटिएपछि पक्राउ गरिएको थापाले बताए।

    स्वीकृत नमूनाअनुसारको पाइन्ट नल्याएर नेपाल प्रहरीलाई ठगी गरेको पाइयो,’ थापाले भने। 

    मुन्का  पर्सा वीरगञ्ज उपमहानगरपालिका-५ का हुन् भने अधिकारी माडी नगरपालिका-८ चितवनका हुन्। दुवैलाई अदालतले हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालेको छ।

    सामाजिकपत्र

    • सोमवार, पौष १३ २०७७११:५५:५८
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology