• सोमवार, श्रावण ११ गते २०८३

प्रतिनिधि सभा विघटनविरूद्ध प्रचण्ड-नेपाल पक्षले काठमाडौंका यी ठाउँमा आज गर्दैछन् प्रदर्शन

प्रतिनिधि सभा विघटनविरूद्ध प्रचण्ड-नेपाल पक्षले काठमाडौंका यी ठाउँमा आज गर्दैछन् प्रदर्शन

प्रतिनिधि सभा विघटनविरूद्ध प्रचण्ड-नेपाल पक्षले काठमाडौंका यी ठाउँमा आज गर्दैछन् प्रदर्शन

  • 5.7K
    SHARES

  • प्रतिनिधि सभा विघटनविरूद्ध प्रचण्ड-नेपाल पक्षले काठमाडौंका यी ठाउँमा आज गर्दैछन् प्रदर्शन

              नेकपाका प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध प्रदर्शन गर्ने   भएको छ।

    उक्त पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत शीर्ष नेताहरू प्रदर्शनमा सहभागी हुँदैछन्।

    प्रचण्डको सचिवालयका अनुसार काठमाडौंमा अन्य जिल्लाबाट पनि नेता, कार्यकर्ता आउने कार्यक्रम छ।

    सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुरका कार्यकर्ता बानेश्वर चोकमा भेला भएर प्रदर्शन सुरू गर्ने कार्यक्रम तय भएको छ।

    मकवानपुर, धादिङका कार्यकर्ता कुलेश्वर टेकुबाट, नुवाकोट र रसुवाका कार्यकर्ता लैनचौर, ललितपुरका कुपनडोलमा ११ बजे भेला हुने प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

    सडक प्रदर्शन गर्दै उनीहरू भृकुटीमण्डपसम्म पुग्नेछन्। त्यहाँ शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। 

    काठमाडौंका टेकुचोक, लैनचौर, नक्साल, घण्टाघर, रत्नपार्क र बागबजार क्षेत्रबाट पनि प्रदर्शन हुने नेकपा केन्द्रीय समितिले जनाएको छ।

    प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद बढेको छ। दुई पक्ष देखिए पनि औपचारिक रूपमा पार्टी फुटिसकेको छैन।

    पार्टीको नाम, चुनाव चिन्हलगायतमा विवाद छ।

    प्रचण्ड-नेपाल पक्षले केही दिनअघि नेताहरूको छातीमा ‘हामी यहाँ छौं’ टाँसेर माइतीघर मण्डलदेखि निर्वाचन आयोगसम्म प्रदर्शन गरेका थिए। 

    सामाजिकपत्र

    • मंगलवार, पौष १४ २०७७०२:३२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology