गोरखा प्रहरीले लागु औषध सहित एक युवालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ६ पुरानो बसपार्कमा वडा नम्बर ७ बस्ने नबिन नेपालीले बोकेको झोला खानतलासी गर्दा लागु औषध भेटिएको प्रहरी निरीक्षक धर्म अधिकारीले बताए । उनको साथबाट डाईजेपाम ३८, नुफिन ३७ थान, फेनरागन ३५ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
आईतवार पक्राउ परेका नेपालीलाई जिल्ला अदालतबाट सोमवार २० दिन म्याद लिएर हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । आगु औषध शिर्षकमा मुद्धा दर्ता भएको छ ।