• सोमवार, श्रावण ११ गते २०८३

सिधै विप्लवसँग वार्ता गर्ने ओलीको तयारी, यस्ता छन् सम्पर्क गर्ने च्यानलहरु

सिधै विप्लवसँग वार्ता गर्ने ओलीको तयारी, यस्ता छन् सम्पर्क गर्ने च्यानलहरु

सिधै विप्लवसँग वार्ता गर्ने ओलीको तयारी, यस्ता छन् सम्पर्क गर्ने च्यानलहरु

  • 16.9K
    SHARES

  • सिधै  विप्लवसँग वार्ता गर्ने ओलीको तयारी, यस्ता छन् सम्पर्क गर्ने च्यानलहरु

    काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत समूहको नेतृत्व गरेका विप्लवसँग सम्पर्क गरि वार्ता गर्ने प्रयास गरेको थाहा हुन् आएको छ । उनले विप्लव सम्पर्क गर्न  विभिन्न च्यानल प्रयोग गरेका छन् । 

    यसका लागि  प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्रहरुलाई जिम्मेवारी दिएका छन् । बालुवाटारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदीप ज्ञवालीलगायतलाई यसमा समन्वय गर्न भनिएको सरकारी स्रोत बताउँछ ।

    ओली पक्षमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि छुट्टै टोली परिचालन गरेका छन् । यसमा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई पनि लागि परेका छन् ।

    स्रोतका अनुसार सरकारले विप्लव समूह छाडेका नेताहरुको माध्यमबाट पनि समूहसँग अनौपचारिक सम्वादलाई अघि बढाइरहेको छ । स्रोतका अनुसार विप्लव समूह परित्याग गरेका नेता गुणराज लोहोनी लगायतमार्फत समेत सम्वादको प्रयास भइरहेको हो ।

    हिरासतमा रहेका धर्मेन्द्र बाँस्तोलामार्फत पनि समूहका शर्तहरुबारे बुझ्ने काम भइरहेको स्रोत बताउँछ । यसमा सुरक्षा निकायले पनि समन्वयकारी भूमिका निभाइरहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

     

    भूमिगत समूहको नेतृत्व गरेका विप्लव समूहले वैद्य माओवादीसँग कार्यगत एकता गर्न छलफल गरिरहेको समाचार प्राप्त भएको छ ।

    जनयुद्ध दिवसको सन्दर्भ पारेर १ फागुनमा त्यससम्बन्धी घोषणा गर्ने वैद्य–विप्लवको तयारी रहेको स्रोत बताउँछ ।

    वैद्य अध्यक्ष र विप्लव कार्यकारी अधिकारसहित महासचिव हुने भनेर छलफल भइरहेको स्रोत बताउँछ । तर, पार्टीमाथि प्रतिबन्ध लागेका कारण दुई पक्षबीच एकतामा अवरोध भएको दुवै पक्षको बुझाइ छ । त्यसैले नेता मोहन वैद्य ‘किरण’ लगायतले पनि सरकारसँग  वार्ताका लागि पहल गरिरहेको सरकारी स्रोतको दाबी छ ।

    सामाजिकपत्र

    • सोमवार, माघ १९ २०७७१०:५४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology