• आइतवार, आश्विन ४ गते २०८३

सोह्रखुट्टेबाट एकाबिहानै १० जना गिरफ्तार

सोह्रखुट्टेबाट एकाबिहानै १० जना गिरफ्तार

सोह्रखुट्टेबाट एकाबिहानै १० जना गिरफ्तार

  • 4.7K
    SHARES

  • सोह्रखुट्टेबाट एकाबिहानै १० जना गिरफ्तार

     नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेसगै बिहानै धरपकड सुरु भएको छ। आमहड्ताल सफल पार्न एकाबिहानै सडकमा निस्किएकालाई प्रहरीले धमाधम पक्राउ गरेको छ।

    राजधानीको सोह्रखुट्टेबाट १० जनालाई प्रहरीले गिरफ्तार गरेको छ। गोरखा-काठमाडौँ सम्पर्क मंचका १० नेता/कार्यकर्तालाई सोह्रखुट्टेबाट गिरफ्तार गरि अहिले महाराजगंजस्थित प्रहरी तालिम केद्रमा राखिएको छ।

    पक्राउ पर्नेहरुमा उद्धव गुरुङ्ग, नबराज अम्गाई, बाबुराम देवकोटा, उत्तर कुमार श्रेष्ठ ,सरोज दवाडी, रिल गुरुङ्ग, संकल्प श्रेष्ठ, गोपाल थापा, अर्जुन सिम्खडा, नवीन देवकोटा लगायत छन्। 

    प्रचण्ड नेपाल पक्षको सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालको घोषणा गरेको हो ।

    सामाजिकपत्र

    • बिहिवार, माघ २२ २०७७०७:२२:१९
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology