प्रहरीले नेतृ अष्ठलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको छ ।कलंकीबाट नेतृ शाक्य पक्राउ परेकी हुन् ।
आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता- कार्यकर्तासहित प्रहरी र सशस्त्रको समूहले शाक्यलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ ।
आम हड्ताल सफल बनाउन शाक्यसहितका नेता-कार्यकर्ताहरु सडकमा आएकोबेला प्रहरीले पक्राउ गरेको हो। उनीसँगै हितमान शाक्य, अमृता थापालगायत नेताहरु पनि पक्राउ परेका छन्।
संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड-माधव समूहले आज देशभरि आम हड्ताल गर्ने घोषणा गरेको छ।