• आइतवार, आश्विन ४ गते २०८३

बादलले ब्युँताए वाईसीएल , ओली पक्षको केन्द्रीय समिति भेला समेत बहिष्कार

बादलले ब्युँताए वाईसीएल , ओली पक्षको केन्द्रीय समिति भेला समेत बहिष्कार

बादलले ब्युँताए वाईसीएल , ओली पक्षको केन्द्रीय समिति भेला समेत बहिष्कार

  • 14.4K
    SHARES

  • बादलले ब्युँताए वाईसीएल , ओली पक्षको केन्द्रीय समिति भेला समेत  बहिष्कार

    गृहमन्त्री रामबहादुर थापाले योङ कम्युनिस्ट लिग (वाईसीएल) ब्युँताएका छन्।

    तत्कालीन माओवादीको युवा संगठन वाईसीएल र एमालेको युवा संघलाई पार्टी एकतापछि मिलाएर राष्ट्रिय युवा संघ नेपाल बनाइएको थियो।

    जसको नेतृत्व थापाकै सचिवालमा रहेका वीरु तामाङले गरिरहेका छन्। वीरु तामाङ तत्कालीन वाईसीएलका उपाध्यक्ष थिए।

    त्यस्तै , थापा निकट युवाहरुले राष्ट्रिय युवा संघको केन्द्रीय समिति भेला बहिष्कार गरेका छन्।

    एकता प्रक्रिया नै नटुंगी ओली पक्षले एकलौटी रुपमा भेला राखेकोले बहिष्कार गरेको थापानिकट नेता  तामाङले बताए।

    प्रधानमन्त्री ओली र गृहमन्त्री थापा समूह गरी युवा संघमा रहेका दुई वटा समूहबीच एकता प्रक्रिया नटुंगिदै भेला राखिएकोले बहिष्कार गर्नुपरेको उनले दाबी गरे।

    नेकपा विभाजनपछि माओवादीतर्फका युवा मध्ये ३८ जना केन्द्रीय सदस्य थापाकै पक्षमा छन्। युवा संघको केन्द्रीय समितिको बैठकमा ८० जना सहभागी नभएको तामाङको भनाइ छ।

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology