• आइतवार, आश्विन ४ गते २०८३

अन्तत: पुरानै पार्टिमा फर्किए माधव कुमार नेपाल ! प्रचण्डसँग विदाई र ओलीसँग प्याचअपको यस्तो तयारि

अन्तत: पुरानै पार्टिमा फर्किए माधव कुमार नेपाल ! प्रचण्डसँग विदाई र ओलीसँग प्याचअपको यस्तो तयारि

अन्तत: पुरानै पार्टिमा फर्किए माधव कुमार नेपाल ! प्रचण्डसँग विदाई र ओलीसँग प्याचअपको यस्तो तयारि

  • 9.3K
    SHARES

  • अन्तत: पुरानै पार्टिमा फर्किए माधव कुमार नेपाल ! प्रचण्डसँग विदाई र ओलीसँग प्याचअपको यस्तो तयारि

    काठमाण्डौ - सर्वोच्च अदालतको फैसलासँगै नेकपा एमाले र माओवादि केन्द्र पुरानै अवस्थामा फ़र्किएपछि नेकपा एमालेको माधव कुमार नेपाल समुह आफ्नो पुरानो पार्टि नेकपा एमालेमा फर्कने निर्णय लिने तयारी गरेको छ ।

    प्रचण्ड–नेपाल पक्षको संयुक्त स्थायी कमिटी बैठकअघि नेपाल पक्षले गरेको छुट्टै भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेकपा एमालेमा जाने निष्कर्ष निकालेको हो ।

    नेपाल पक्षको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले एमालेमै ओलीसँग संघर्ष गरेर जाने निष्कर्ष निस्किएको जानकारी दिए । ‘नेकपा एमालेमै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ओली प्रवृत्ति’विरुद्ध लड्ने निष्कर्षमा पुगिएको छ,’ उनले भने, ‘अहिले पेरिसडाँडामा भइरहेको संयुक्त स्थायी कमिटी बैठक बिदाइ बैठक पनि हुनसक्ने देखिएको छ ।’

    नयाँबानेश्वरको होटल अर्यालमा नेपाल पक्षका नेताहरूको भेला भएको थियो । नेपाल पक्षले एमालेमै रहेर पनि ओलीसँग लड्न आफूहरू सक्षम रहेको निष्कर्ष निकालेको छ ।

    एमाले फुटाउन ८ सांसद पुग्दैन माधव कुमार नेपाललाई 

    अदालतले पूर्व एमाले र पूर्व माओवादीको हैसियत पुरानो अवस्थामा फ़र्काएपछि सबैभन्दा अप्ठ्यारोमा कोही छन् भने ती माधवकुमार नेपाल र उनको समूहमा रहेका ४० जना सांसद हुन् । गत पुस ५ गतेदेखि नेकपा विभाजन हुँदा तत्कालीन एमालेका १२१ सांसद (एकको निधन) मध्ये ४० जना प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा थिए तर त्यो पक्षले वैधानिक विभाजनको मान्यता पाइसकेको थिएन ।

    नेपालले दल फुटाएर प्रचण्डको दलसँग एक हुन सक्ने विकल्प नभएको होइन तर साविक एमालेको केन्द्रीय कमिटीमा नेपाल पक्षीय नेताहरु ४० प्रतिशत भए पनि संसदीय दलमा ४० प्रतिशत हुन ४८ सांसद चाहिन्छ, यो नेपाल पक्षका लागि ८ जनाले अपुग हो । त्यसैले नेपालले तत्काल चाहेर पनि दल विभाजन गर्न कठिन छ ।

     

     

    सामाजिकपत्र

    • सोमवार, फाल्गुण २४ २०७७०४:५५:११
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology