काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पद दिएर आफ्नो कित्तामा राखेका माओवादी केन्द्रका चार जनाको सांसद पद आज गुम्ने भएको छ।
मन्त्री पद पाउने भएपछी चारजना तत्कालिन नेकपा नेताले प्रचण्डलाई धोका दिई केपि ओली खेमामा लागेका थिए । १० वर्षे जनयुद्ध लडेका त्यि चार जना नेताहरु प्रचण्डको कटु आलोचक समेत बनेका थिए।
माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए ।
ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकासमन्त्री प्रभु साहको सांसद पद आज गुम्ने भएको हो। राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् ।
सभामुख अग्नि सापकोटाले बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा उनीहरु चारै जनाको पद नरहेको जानकारी गराउनेछन।
माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका चारै जना सांसदहरुलाई पार्टीले सांसद पद नरहने गरि कारवाही गरेको थियो। उनीहरु माओवादी केन्द्र त्यागेर एमालेमा लागेका छन्।