• सोमवार, श्रावण ११ गते २०८३

कोरोना कहर - कम्तिमा ३ साता स्कुल कलेज बन्द हुने सम्भावना

कोरोना कहर - कम्तिमा ३ साता स्कुल कलेज बन्द हुने सम्भावना

कोरोना कहर - कम्तिमा ३ साता स्कुल कलेज बन्द हुने सम्भावना

  • 6.5K
    SHARES

  • कोरोना कहर - कम्तिमा ३ साता स्कुल कलेज बन्द हुने सम्भावना

    काठमाडौं - कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा तीन साता विद्यालय तथा कलेजहरु बन्द गर्ने विषयमा छलफल भएको छ । तर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने–नलैजाने तय भइनसकेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

    कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन सभा सम्मेलन तथा कार्यक्रमहरु रोक्न सिफारिस गरेको छ ।

    पछिल्लो समय कोभिड–१९ संक्रमण बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सीसीएमसी बैठकले सतर्कता अपनाउन सबैलाई अपिल पनि गरेको छ ।

    बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।

    सामाजिकपत्र

    • शनिवार, चैत्र २८ २०७७०८:३२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology