काठमाडौँ - प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको निरन्तर चेपुवामा परेको वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको समूहले समयमा निर्णय नगर्दा तमाम नेता तथा कार्यकर्ता निराशामा परेका छन्।
अब एमालेमा ओलीसंग एक भएर जान नसक्ने निष्कर्षमा उनीहरु पुगेका छन् । तद्काल माओबादीसँग एकता नहुने भन्दै श्रोत भन्छ-अहिले माओबादीसँग एकता गरेर जाँदा पहिले झैँ धेरै असहज परिस्थितिको सामना गर्नुपर्ने हुन्छ तर एमाले फुट्ने पक्का छ । आम नेता-कार्यकर्ता समेतको मनोभावना बुझेर मात्र एकता हुनसक्छ तर नबुझी गरेको खण्डमा त्यो स्थायी हुँदैन । माधब समुहले आफ्नो नाम नेकपा एमालेमा कुनै शब्द थप गरेर राख्ने र चुनाब चिन्ह कलम राख्ने तयारी गरेको श्रोत बताउछ ।
तर माओबादीसँग पार्टी एकता भए आम नेता-कार्यकर्ता ओली समुहमा जाने खतरा बढेको भन्दै माधव समुह अहिले नै एकीकरणमा नजाने निष्कर्षमा पुगेको हो । आगामी निर्वाचनमा चुनाबी तालमेल गरेर जाने तयारी समेत रहेको छ । तर उनीहरु ओली बाहेक बाबुराम-उपेन्द्र हुँदै विप्लब र बैद्यसम्म अटाउने गरि पार्टी एकता गरेर जानसक्ने तर्फ पनि तयारी गरिरहेको श्रोतको दावी छ । ओलीले माधब समुहका सांसदलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरि कारवाही गरेमा एमाले पुनर्मिलनको ढोका समेत बन्द हुने निष्कर्ष निकालिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको नेतृत्वमा गठबन्धन सरकार बनाउन आवश्यक १३६ सांसद संख्या पुर्याउन सक्ने अवस्था भएपछी देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपा बाबुराम-उपेन्द्र र माधब समुहको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष निवेदन पेस गरेका थिए ।