• सोमवार, श्रावण ११ गते २०८३

सरकारमा सहभागी हुन विप्लव तयार

सरकारमा सहभागी हुन विप्लव तयार

सरकारमा सहभागी हुन विप्लव तयार

  • 3.6K
    SHARES

  • सरकारमा सहभागी हुन विप्लव तयार

    काठमाडौं । भूमिगत राजनीति त्यागी केहि महिना अघि मात्रै खुला राजनीतिमा आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टी सशर्त सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् ।

    उनले जनमतसङ्ग्रहका लागि राजनीतिक पार्टीहरु तयार हुने हो भने त्यसका लागि आफ्नो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको बताएका छन् ।

    ‘राज्यको सङ्कटलाई उचित निकास दिन संसद्वादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ, त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोज्ने अधिकार जनमतसङ्ग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ,’ विप्लवले शनिबार एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘जनमतसङ्ग्रहका लागि राजनीतिक पार्टीहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दछौँ ।’1621678797-SbmrO.jpg

    सामाजिकपत्र

    • आइतवार, जेठ ९ २०७८०४:१९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology