• आइतवार, आश्विन ४ गते २०८३

महान्यायाधिवक्ताको स्पष्टोक्ति - रेशम चौधरीको मुद्दा फिर्ता हुने लायकको छैन

महान्यायाधिवक्ताको स्पष्टोक्ति - रेशम चौधरीको मुद्दा फिर्ता हुने लायकको छैन

महान्यायाधिवक्ताको स्पष्टोक्ति - रेशम चौधरीको मुद्दा फिर्ता हुने लायकको छैन

  • 4.3K
    SHARES

  • महान्यायाधिवक्ताको स्पष्टोक्ति - रेशम चौधरीको मुद्दा फिर्ता हुने लायकको छैन

    काठमाडौँ -  महान्यायाधिवक्ता रमेश बडालले रेशम चौधरीको मुद्दा फिर्ता हुने अवस्थाको नरहेको वताएका छन्  । सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशबारे प्रश्न उठेपछि सोमबार पत्रकार सम्मेलन गरेका महान्यायाधिवक्ता वडालले पत्रकारको प्रश्नको उत्तर दिदै यस्तो वताएका हुन् ।

    संबिधान र कानुन भन्दा वाहिर रहेर हामीले केहि पनि गर्न नसकने वताउदै बडालले भने, "मुद्दा फिर्ता हुने अवस्थाको छैन, जिल्ला अदालतको विषय हुन्थ्यो भने छलफल गर्न सकिन्थ्यो तर, जिल्ला अदालत भन्दा माथि गएकाले त्यो अदालतको फैसलाको विषय होला अदालतले जे निर्णय गर्छ त्यो मान्नु पर्छ। "

    संविधानसभाबाट संविधान जारी हुनुअघि नेपालमा वंशज, जन्मको आधारमा र अंगीकृत गरी तीनवटा आधारमा नागरिकता दिने प्रचलन रहेको तर अहिलेको संविधानले अंगीकृत र वंशजका आधारमा मात्र नागरिकता प्रदान गर्ने बाटो खोलेको उनको जिकिर छ । त्यसैले पनि पहिलाको संविधान अन्तर्गत जन्मको आधारमा नागरिकता लिएकाहरुको हकमा अध्यादेशमार्फत सम्बोधन गरिएको उनले बताए ।

    उनले जारी अध्यादेश संविधान र सर्वोच्च अदालतको आदेशबाट दायाँबायाँ नगएको दावीसमेत गरे ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology