• सोमवार, श्रावण ११ गते २०८३

केपी ओलीलाई ठाडै च्यालेन्ज गर्ने हिम्मतवाली महिला नेतृ, प्रधानमन्त्रीको गयो सातो

केपी ओलीलाई ठाडै च्यालेन्ज गर्ने हिम्मतवाली महिला नेतृ, प्रधानमन्त्रीको गयो सातो

केपी ओलीलाई ठाडै च्यालेन्ज गर्ने हिम्मतवाली महिला नेतृ, प्रधानमन्त्रीको गयो सातो

  • 6.9K
    SHARES

  • केपी ओलीलाई ठाडै च्यालेन्ज गर्ने हिम्मतवाली महिला नेतृ, प्रधानमन्त्रीको गयो सातो

    काठमाडौं । एमालेकी नेतृ एवम् विघटित प्रतिनिधि सभाकी सांसद लक्ष्मी चौधरीले नागरिकतासँग पद साटेका प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले देश समाप्त पार्न लागेको आरोप लगाएकी छिन् ।

    सोमबार सामाजिक सञ्जालमार्फत नेतृ चौधरीले एमालेका २७ जना सांसदलाई कारबाही गरेर देखाउन ओलीलाई चुनौती दिएकी छिन् । उनले मन नपरेकाहरूलाई छानीछानी कारबाही गरेको भन्दै आक्रोश पोखेकी छिन् ।

    ‘प्रधानमन्त्रीलाई भोट नदिएको भनेर कावारही गरेको हो भने २७ जनालाई कार्वाही गरेर देखावस्’, नेतृ चौधरीले चेतावनी शैलीमा भनेकी छिन्, ‘हैन भने कावारहीको डण्डा देखाएर आफ्नो अपमान नगरे हुन्छ ।’

    ‘हामी सत्यको पक्षमा उभिएको छौं’, नेतृ चौधरीले ओलीलाई सचेत गराउँदै भनेकी छिन्, ‘नागरिकतासँग पद साटेर देश सकाउने पक्षमा छैनौँ र गर्न दिँदैनौँ ।’

    ओलीले एमालेको स्थायी कमिटीको बैठकबाट सोमबार वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरूलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेका छन् । ओलीको कारबाहीमा पर्नेमा एमाले नेतृ चौधरी पनि छिन् ।

    सामाजिकपत्र

    • मंगलवार, जेठ ११ २०७८०७:५७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology