• आइतवार, आश्विन ४ गते २०८३

केपी ओलीलाई लाग्यो ठूलो झड्का, १५ नेताले एकै स्वरमा यसरि गरे भण्डाफोर

केपी ओलीलाई लाग्यो ठूलो झड्का, १५ नेताले एकै स्वरमा यसरि गरे भण्डाफोर

केपी ओलीलाई लाग्यो ठूलो झड्का, १५ नेताले एकै स्वरमा यसरि गरे भण्डाफोर

  • 6.1K
    SHARES

  • केपी ओलीलाई लाग्यो ठूलो झड्का, १५ नेताले एकै स्वरमा यसरि गरे भण्डाफोर

    काठमाडौं- नेकपा एमालेको माधव नेपाल समूहका १५ नेताले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्ध एक हुन आह्वान गरेका छन्। 

    यसअघि प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन नगरेर नेता नेपालसँग टाढिएको ठानिएका नेता योगेश भट्टराईले पनि संयुक्त विज्ञप्तिमा सहभागिता जनाएका छन्।

    विज्ञप्तिमा ओलीविरुद्धको निर्णायक संघर्षमा होमिन अपिल गरिएको छ। ओलीले एकलौटी रुपमा यसअघि ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको र थप १२ जनालाई स्पष्टीकरण सोधिएको प्रति कडा आपत्ति जनाइएको छ।

    ‘केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं।’

    साथै यस कार्यमा आ–आफ्नो ठाउँबाट एकता र दृढताका साथ केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा आव्हान गरिएको छ।

    सामाजिकपत्र

    • बुधवार, जेठ १२ २०७८०८:०८:३८
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology